काठमाडौं– पूर्वप्रहरी सहायक निरीक्षक होमबहादुर खड्का क्षेत्रीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै मुद्दा दर्ता भएको छ।
क्षेत्रीले प्रहरीमा भर्ना हुँदा पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेर छानबिन सुरु गरेको छ।
उनले माध्यमिक शिक्षा परिषद, उत्तरप्रदेश, भारतबाट प्राप्त गरेको माध्यामिक तहको नक्कली शैक्षिक योग्यताको प्रमाण–पत्र पेस गरी प्रहरी हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवासमेत भएका थिए।
क्षेत्रीको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर देखिन आएकोले विशेष अदालतमा आइतबार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। असइ क्षेत्री इलाका प्रहरी कार्यालय, मैनापोखर, बर्दियाबाट अवकास भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।