काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सरस्वती क्लबलाई पराजित गरेको छ। सातौ चरणको खेलमा एपिएफलाई ३-० गोलले पराजित गरेको हो।
एपिएफका लागि रुपबहादुर लामाले २ गोल गरे। खेलको १७ मिनेटमा रुपले गोल गरेर एफिएपलाई सुरुवाती अग्रता दिलाए। ४१ मिनेटमा युवराज खड्काले एपिएफको अग्रता दोब्बर पारे। उनले क्लोज रेन्जबाट उत्कृष्ट गोल गरेका थिए।
खेल सकिन २ मिनेट बाँकी छदा एपिएफले तेस्रो गोल गर्यो। रुपबहादुरले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेका थिए।
जितसँगै एपिएफ ७ खेलबाट १० अंक जोड्दै अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ। नवौं स्थानको सरस्तवीको भने ६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।