काठमाडौं– नेपाली फिल्म ‘जे सुकै होस’ पुस २० गतेबाट सार्वजनिक हुने भएको छ। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्माण युनिटले फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो। यससँगै निर्माण युनिटले फिल्मको ट्रेलर पनि सार्वजनिक गरेको छ।
उमेश गुरुङको निर्देशन रहेको फिल्ममा, निर्देशक गुरुङ सहित चन्दा दाहाल, किस्मत तामाङ, रोशना श्रेष्ठ, सोनी गुरुङ, मेलिना ठकुरी, एन बि अन्जान, ईश्वर फुयाल, कृष्ण भट्टराई लगायतको अभिनय रहेको छ।
नवराजजंग थापा ‘जंगे’ को निर्माण रहेको फल्ममा सुरेश अधिकारी, लक्ष्मण शेष, नवराज जंग थापा, डी आर अटुको संगीत सुन्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।