विराटनगर– इलाममा वनभोज खाँदा खाना सर्किएर एक सहकारी संस्थाका कर्मचारीको मृत्यु भएको छ।
सूर्योदय नगरपालिका–७ कन्याममा वनभोज खाने क्रममा सुनसरीको दुहबी नगरपालिका ७ का ४५ वर्षीय उदयमान चौधरीको मृत्यु भएको हो।
उनी दुहबी नगरपालिका–७ स्थित सुलभ सहकारी संस्थाका कर्मचारी हुन्।
सहकारीले नै आयोजना गरेको वनभोज कार्यक्रममा शनिबार साँझ उनी गम्भीर बनेका थिए।
बिर्तामोडस्थित विएण्डसी अस्पताल भर्ना गरिएका चौधरीको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।