अभिनेता अर्जुन कपुर र आइटम गर्ल मलाइका अरोराबीचको प्रेम सम्बन्धले यतिबेला बलिउड गर्माएको छ। आजकल यो जोडी हरसमय एकसाथ देखिन्छ। पार्टी, स्पट वा पार्क जहाँ पनि यिनीहरु सँगै हुन्छन्।
मलाइका अर्जुनभन्दा १४ वर्ष जेठी छिन्। उनी बलिउड अभिनेता अरबाज खानकी पूर्वश्रीमती समेत हुन्।
अर्जुनको परिवार यो नयाँ वर्ष सपरिवार इन्डोनेसियाको बालीमा मनाउने तयारीमा छ। तर अर्जुनले भने परिवारलाई छोडेर मलाइकासँग नयाँ वर्ष मनाउने योजना बनाएका छन्।
अर्जुनका पिता बोनी कपुर नयाँ वर्षको बिदामा आफ्ना तीन छोरीका अलावा अर्जुन पनि सामेल हुन् भन्ने चाहन्छन्। अनिल कपुर पनि परिवारसँग बाली जाने तयारीमा छन्। सञ्जय कपुर पनि आफ्नो परिवार लिएर बालीमै नयाँ वर्ष मनाउने योजनामा छन्।
श्रीमती श्रीदेवीको निधनपछि पहिलो नयाँ वर्षको बिदामा बोनीले पूरै परिवार एकसाथ जमघट गर्ने तयारी गरिरहँदा अर्जुनले भने परिवारलाई त्यागेर मलाइकासँग नयाँ वर्ष सेलिब्रेट गर्ने भएका छन्।
अर्जुन मलाइकासँग कुनै गोप्य स्थानमा नयाँ वर्ष सेलिब्रेट गर्न चाहन्छन्। पछिल्ला केही वर्ष मलाइकाले आफ्ना पूर्वपति अरबाज खानको परिवारसँग सलमान खानको फार्म हाउसमा नयाँ वर्ष मनाउँदै आएकी छिन्।
मलाइका र अर्जुनबीचको प्रेम सम्बन्ध विवाह गर्ने अवस्थासम्म पुगिसकेको बताइएको छ। तर, अर्जुनको परिवार मलाइकासँगको सम्बन्धबारे खुसी छैन।
बहिनी सोनम कपुरले त उनलाई मलाइकासँग विवाह नगर्न सल्लाह दिइसकेकी छिन्। पिता बोनी पनि मलाइका र अर्जुनको सम्बन्धप्रति खुसी छैनन्।
तर, अर्जुन र मलाइकाले आफ्नो सम्बन्धलाई अफिसियल बनाउने फैसला गरिसकेको बलिउडका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। उनीहरुले आगामी मार्चमा विवाह गर्ने तयारी गरेका बताइन्छ। –एजेन्सी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।