Ncell FOC Content Block Ncell FOC Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन ५, २०८३ Tue, Jul 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

काम गर्नलाई गुटले कहाँ रोक्या छ र : गोविन्द भट्टराई [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ आइतबार, मंसिर २३, २०७५  १०:१२
1140x725

आफूलाई लोकतन्त्रको जननी मान्ने नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्र नै हिजोआज धरापमा परेको धेरैले अनुमान गर्न थालेका छन्। मुख्यतः भातृसंस्था भित्रको किचलो र आन्तरिक गुटबन्दीले यस तथ्यलाई सत्य सावित गरेको छ। कांग्रेस भित्रको आन्तरिक किचलोका कारण, समाधानका उपाय तथा नेपाल विद्यार्थी संघमा लगाइएको उमेरहदको प्रावधानको प्रभावकारिताका सम्बन्धमा कांग्रेस केन्द्रीय सदस्य तथा नेविसंघ पूर्व सभापति गोविन्द भट्टराईसँग नेपाल लाइभका विनय बाह्रकोटीले गरेको कुराकानी।

वर्तमान सरकारको गतिविधि र कांग्रेसको भूमिकाप्रति तपाईंको मूल्याङ्कन कस्तो छ?
हालको सरकार विपि कोइराला नेतृत्वको सरकारपछिको सबैभन्दा शक्तिशाली सरकार हो। यो सरकारलाई असफल हुने छुट छैन। त्यो बेला १८ महिनाको अवधिमा कोइरालाले जुन आधुनिक नेपालको जग निर्माण गर्नु भएको थियो, त्यसको जस उहाँलाई दिनैपर्छ। सामाजिक तथा आर्थिक विकासका पूर्वाधार निर्माण गर्ने काम नेपाली कांग्रेसकै नेतृत्वमा भयो।

तर, यो सरकारले त्यस्तो खालको गतिविधि गरेको देखिँदैन। जहाँसम्म तपाईंले भनेजस्तो कांग्रेस र सरकारको तुलना गर्ने कुरा छ, त्यसमा सरकारमै धेरै अकर्मण्यता जस्तो देखिन्छ। हिजो कांग्रेसले नेतृत्व गरेको बखत सरकार यति धेरै लाचार बन्नुपरेको थिएन। प्रतिपक्षको भुमिकामा कांग्रेस धेरै स्थानमा बलियोगरी उभिएको प्रष्ट छ।

अहिले कांग्रेसको जुन हैसियत छ, यसले कांग्रेसलाई पुनर्जागरणको मौका दिएको छ। त्यो मौकाको सदुपयोग गर्नुपर्छ। जुन साहस हालको नेतृत्वले गर्नसक्ने नदेखिएको सत्य हो।

कांग्रेस पनि हिजो शक्तिशाली र आज लाचार भएको जस्तो देखिन्छ नि?
एक हिसाबमा त्यो पनि सही नै हो। हिजो नेपाली कांग्रेस आफैं प्रतिपक्षी भएको अवस्थामा द्वन्द्वरत पार्टी तत्कालीन नेकपा (माओवादी)लाई वार्तामा ल्याउने काम गरेकै हो। त्यतीमात्र हैन, कम्युनिस्टको बहुमत भएको अवस्थामा संविधान जारी हुन सकेन, तर कांग्रेस ठूलो दल भएको बखत कांग्रेसकै नेतृत्वमा संविधान पनि जारी भयो। संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो तिनै तहको निर्वाचन पनि कांग्रेसकै नेतृत्वमा भयो।

यसरी हेर्दा देशका हरेक महत्वपूर्ण उपलब्धिमा कांग्रेसको अग्रणी भूमिका देख्न सकिन्छ। तथापि, अहिले कांग्रेसको जुन हैसियत छ, यसले कांग्रेसलाई पुनर्जागरणको मौका दिएको छ। त्यो मौकाको सदुपयोग गर्नुपर्छ। जुन साहस हालको नेतृत्वले गर्नसक्ने नदेखिएको सत्य हो।

कांग्रेसले विपिको ब्रान्ड बेचेर सधैँ पुग्ला र? कि अरू पनि केही गर्नुपर्छ?
विपि कोइराला बिनाको कांग्रेस कसरी सम्भव छ? कांग्रेसले विपि कोइरालालाई बिर्सियो भने जनताले पनि कांग्रेस बिर्सिन्छन्। त्यसैले लोकतन्त्रको जननी कांग्रेस र विपि कोइरालाबिच कस्तो सम्बन्ध छ त्यो आफै बुझ्नुस्। हिजो पूँजीवादी भनेर सत्तोसराप गर्नेहरू आज त्यही बाटोमा लागीरहेका छन्। संसारभर फेल भएको सिद्धान्त बोकेर हिँडेका कम्युनिस्ट भन्दा कांग्रेस धेरै परिपक्व छ। विपिले त्यो बेला नै भनेका हरेक सैद्धान्तिक कुराहरू अहिले आएर सबैले स्विकार गरिसकेका छन्।

पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्नुभन्दा पहिला गुटको बैठक बस्ने। नेताको आफ्नो बोलीभन्दा गुटको निर्णय हाबी हुने परिपाटीले मुलतः पार्टीलाई नै हानी गरिरहेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

त्यसो भए, अहिले देखिएको आन्तरिक किचलोले कांग्रेस परिपक्व हुनसक्छ?
पार्टीभित्र अहिले अलिक गुटबन्दी ज्यादा भा‘छ। आफ्नो नीति र कार्यदिशाअनुसार पार्टी अगाडि बढ्न सकेको छैन। यहाँ समस्या त के छ भने, जितेकाले भन्दा हारेकाले पार्टी चलाउन खोज्दैछन्। हारेकाहरू भागवन्डा खोजेर पार्टी पद्धतिलाई बेवास्ता गर्न तिर लागीरहेका छन्। पार्टी त जित्नेले चलाउने हो नि! तर, हारेकाले सेयर खोज्ने पद्धति विकास भयो। र जितेकाहरूले पनि त्यसैलाई स्वीकार गरिरहेका छन्। यो बन्द हुनुपर्छ। तबमात्र कांग्रेस पुरानै लयमा फर्किनसक्छ।

तपाईंको मतलब कांग्रेसभित्र लोकतान्त्रिक अराजकता मौलायो भन्ने हो?
अहिले नीति, कार्यदिशा र विधानको विरुद्धमा काम भइरहेको छ। अब त्यसलाई अराजकता भन्ने कि के भन्ने? यो अराजकता जस्तै नै हो। पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्नुभन्दा पहिला गुटको बैठक बस्ने। नेताको आफ्नो बोलीभन्दा गुटको निर्णय हाबी हुने परिपाटीले मुलतः पार्टीलाई नै हानी गरिरहेको छ। तर, अब यो अवस्थाबाट पार्टीलाई मुक्त गर्नुपर्छ। आ–आफ्नो जिम्मेवारी अनुसारको काम गर्यो भने यो अराजकताको अन्त्य हुन्छ।

कांग्रेस महासमितिको बैठक बस्दैछ। त्यसबाट केही आशा गर्न सकिएला?
कांग्रेस महासमितिको बैठकले केही सकारात्मक काम गर्ला। विधानलगायत पार्टीलाई नै चलायमान बनाउन आगामी महासमितिको भेलाले केही आशा भने अवश्य जगाउने छ।

नेविसंघले आफ्नो काम आफै गर्ने हो। पार्टीसँग गुहार माग्नुपर्ने जरुरी नै छैन।

तपाईं नेविसंघको पूर्व सभापति, खासमा नेविसंघ भित्र देखिएको विवादको चुरो के हो?
म आफैं नेविसंघको केन्द्रीय सभापति भएर पार्टी राजनीतिमा आएको हुँ। नेविसंघले आफ्नो काम आफै गर्ने हो। पार्टीसँग गुहार माग्नुपर्ने जरुरी नै छैन। हाम्रो पालामा हामीले गुहार मागेनौं। त्यो बेला सबैभन्दा शक्तिशाली विद्यार्थी संगठन नै नेविसंघ थियो। तर, अहिले आफ्नो जिम्मेवारी पुरा नगर्ने अनि पार्टीलाई दोष दिएर केही हुँदैन। नेविसंघमा एकपटक अधिवेसन हुँदा दुई पटक विधान संशोधन हुने लाचारी प्रवृत्ति देखियो।

नेतृत्व छैन यो कमिटीमा? एउटै कलेजमा ३/४ वटा कमिटी बनाउने अधिकार कसले दियो? आफू पढेको वा आफ्नो जिल्लाको अधिवेसन गराउन नसक्ने अनि गल्लीमा अध्यक्ष, उपाध्यक्ष वा महामन्त्री हुँ भन्दै हिँडेर केही हुँदैन।

उमेर हदका कारण नेविसंघ समस्यामा परेकै हो?
यो उमेर हद बेकारको कुरा हो। उमेर हैन एजेन्डा चाहिन्छ नेतृत्वमा। अहिलेको नेविसंघ उमेरले हैन एजेन्डाले समस्यामा परिरहेको छ। समयमा नै अधिवेसन गर्ने हो भने उमेरहदको कुरै उठ्दैन। जसलाई जे मन लाग्यो त्यही गर्न यो कुरा उठेको हो।

माउ पार्टीको गुटबन्दीले पनि नेविसंघ चलायमान हुन नसकेको भन्नेमा तपाईंको बुझाइ के हो?
त्यसो हैन। काम गर्नलाई गुटले कहाँ रोक्या छ र? नेविसंघको आफ्नै विधान छ, त्यसै अनुसार काम गरे भैगो नि! नेतृत्व छैन यो कमिटीमा? चिठ्ठी पढ्न मात्र समिति बन्या होर भन्या। एउटै कलेजमा ३/४ वटा कमिटी बनाउने अधिकार कसले दियो? आफू पढेको वा आफ्नो जिल्लाको अधिवेसन गराउन नसक्ने अनि गल्लीमा अध्यक्ष, उपाध्यक्ष वा महामन्त्री हुँ भन्दै हिँडेर केही हुँदैन। खाली पदको लागि नेताको चाकरी गर्ने अनि पद पाएपछि केही काम नगर्ने लाचार मान्छेको हातमा नेविसंघ छ। अहिलेको समस्या यहि हो।

यसपटकको किचलोले उर्जाशील युवाहरूको पार्टीप्रतिको आकर्षणमा कमी आएको हो?
यो कांग्रेसको मात्र समस्या हैन। सबै पार्टीको साझा समस्या हो। जहाँसम्म युवा केन्द्रित भिजन बनाउन नसक्नु र पार्टी पद्धति पुरानै ढाँचामा अगाडि बढाउन खोज्नु कांग्रेसको समस्या हो। अबको कांग्रेसको ऐजेन्डा भनेकै युवा र विकास केन्द्रित हुन जरुरी छ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०७५  १०:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विश्वकप लिग २ : नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
नेपाल-एफएओ सहकार्य विस्तारमा जोड, कृषि रूपान्तरण र खाद्य सुरक्षाका विषयमा छलफल
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन्
सम्बन्धित सामग्री
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् प्रहरीका अनुसार चाँदनी चोक नजिक बा ५ च ३०३८ नम्बरको किया कारमा एक्कासि आगो लागेको थियो। आगलागीपछि चालक समयमै सवारीबाट बाहिर निस्कन न... मंगलबार, साउन ५, २०८३
भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना समितिले  साउन ४ गते अन्तिम पटकका लागि यो सूचना प्रकाशित गर्दै तोकिएका जिल्ला र स्थानीय तहका लक्षित वर्गलाई निवेदन दिन आह्वान गरेको ह... मंगलबार, साउन ५, २०८३
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ, ‘कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सामान्य छ।’ कन्काई, कम... मंगलबार, साउन ५, २०८३
ताजा समाचारसबै
विश्वकप लिग २ : नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल मंगलबार, साउन ५, २०८३
नेपाल-एफएओ सहकार्य विस्तारमा जोड, कृषि रूपान्तरण र खाद्य सुरक्षाका विषयमा छलफल मंगलबार, साउन ५, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना मंगलबार, साउन ५, २०८३
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विश्वकप फुटबलः अर्जेन्टिनालाई हराउँदै स्पेन च्याम्पियन सोमबार, साउन ४, २०८३
४०० स्थानीय तहको रोकियो जग्गा कित्ताकाट सोमबार, साउन ४, २०८३
विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्