• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

काम गर्नलाई गुटले कहाँ रोक्या छ र : गोविन्द भट्टराई [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ आइतबार, मंसिर २३, २०७५  १०:१२
1140x725

आफूलाई लोकतन्त्रको जननी मान्ने नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्र नै हिजोआज धरापमा परेको धेरैले अनुमान गर्न थालेका छन्। मुख्यतः भातृसंस्था भित्रको किचलो र आन्तरिक गुटबन्दीले यस तथ्यलाई सत्य सावित गरेको छ। कांग्रेस भित्रको आन्तरिक किचलोका कारण, समाधानका उपाय तथा नेपाल विद्यार्थी संघमा लगाइएको उमेरहदको प्रावधानको प्रभावकारिताका सम्बन्धमा कांग्रेस केन्द्रीय सदस्य तथा नेविसंघ पूर्व सभापति गोविन्द भट्टराईसँग नेपाल लाइभका विनय बाह्रकोटीले गरेको कुराकानी।

वर्तमान सरकारको गतिविधि र कांग्रेसको भूमिकाप्रति तपाईंको मूल्याङ्कन कस्तो छ?
हालको सरकार विपि कोइराला नेतृत्वको सरकारपछिको सबैभन्दा शक्तिशाली सरकार हो। यो सरकारलाई असफल हुने छुट छैन। त्यो बेला १८ महिनाको अवधिमा कोइरालाले जुन आधुनिक नेपालको जग निर्माण गर्नु भएको थियो, त्यसको जस उहाँलाई दिनैपर्छ। सामाजिक तथा आर्थिक विकासका पूर्वाधार निर्माण गर्ने काम नेपाली कांग्रेसकै नेतृत्वमा भयो।

तर, यो सरकारले त्यस्तो खालको गतिविधि गरेको देखिँदैन। जहाँसम्म तपाईंले भनेजस्तो कांग्रेस र सरकारको तुलना गर्ने कुरा छ, त्यसमा सरकारमै धेरै अकर्मण्यता जस्तो देखिन्छ। हिजो कांग्रेसले नेतृत्व गरेको बखत सरकार यति धेरै लाचार बन्नुपरेको थिएन। प्रतिपक्षको भुमिकामा कांग्रेस धेरै स्थानमा बलियोगरी उभिएको प्रष्ट छ।

अहिले कांग्रेसको जुन हैसियत छ, यसले कांग्रेसलाई पुनर्जागरणको मौका दिएको छ। त्यो मौकाको सदुपयोग गर्नुपर्छ। जुन साहस हालको नेतृत्वले गर्नसक्ने नदेखिएको सत्य हो।

कांग्रेस पनि हिजो शक्तिशाली र आज लाचार भएको जस्तो देखिन्छ नि?
एक हिसाबमा त्यो पनि सही नै हो। हिजो नेपाली कांग्रेस आफैं प्रतिपक्षी भएको अवस्थामा द्वन्द्वरत पार्टी तत्कालीन नेकपा (माओवादी)लाई वार्तामा ल्याउने काम गरेकै हो। त्यतीमात्र हैन, कम्युनिस्टको बहुमत भएको अवस्थामा संविधान जारी हुन सकेन, तर कांग्रेस ठूलो दल भएको बखत कांग्रेसकै नेतृत्वमा संविधान पनि जारी भयो। संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो तिनै तहको निर्वाचन पनि कांग्रेसकै नेतृत्वमा भयो।

यसरी हेर्दा देशका हरेक महत्वपूर्ण उपलब्धिमा कांग्रेसको अग्रणी भूमिका देख्न सकिन्छ। तथापि, अहिले कांग्रेसको जुन हैसियत छ, यसले कांग्रेसलाई पुनर्जागरणको मौका दिएको छ। त्यो मौकाको सदुपयोग गर्नुपर्छ। जुन साहस हालको नेतृत्वले गर्नसक्ने नदेखिएको सत्य हो।

कांग्रेसले विपिको ब्रान्ड बेचेर सधैँ पुग्ला र? कि अरू पनि केही गर्नुपर्छ?
विपि कोइराला बिनाको कांग्रेस कसरी सम्भव छ? कांग्रेसले विपि कोइरालालाई बिर्सियो भने जनताले पनि कांग्रेस बिर्सिन्छन्। त्यसैले लोकतन्त्रको जननी कांग्रेस र विपि कोइरालाबिच कस्तो सम्बन्ध छ त्यो आफै बुझ्नुस्। हिजो पूँजीवादी भनेर सत्तोसराप गर्नेहरू आज त्यही बाटोमा लागीरहेका छन्। संसारभर फेल भएको सिद्धान्त बोकेर हिँडेका कम्युनिस्ट भन्दा कांग्रेस धेरै परिपक्व छ। विपिले त्यो बेला नै भनेका हरेक सैद्धान्तिक कुराहरू अहिले आएर सबैले स्विकार गरिसकेका छन्।

पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्नुभन्दा पहिला गुटको बैठक बस्ने। नेताको आफ्नो बोलीभन्दा गुटको निर्णय हाबी हुने परिपाटीले मुलतः पार्टीलाई नै हानी गरिरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसो भए, अहिले देखिएको आन्तरिक किचलोले कांग्रेस परिपक्व हुनसक्छ?
पार्टीभित्र अहिले अलिक गुटबन्दी ज्यादा भा‘छ। आफ्नो नीति र कार्यदिशाअनुसार पार्टी अगाडि बढ्न सकेको छैन। यहाँ समस्या त के छ भने, जितेकाले भन्दा हारेकाले पार्टी चलाउन खोज्दैछन्। हारेकाहरू भागवन्डा खोजेर पार्टी पद्धतिलाई बेवास्ता गर्न तिर लागीरहेका छन्। पार्टी त जित्नेले चलाउने हो नि! तर, हारेकाले सेयर खोज्ने पद्धति विकास भयो। र जितेकाहरूले पनि त्यसैलाई स्वीकार गरिरहेका छन्। यो बन्द हुनुपर्छ। तबमात्र कांग्रेस पुरानै लयमा फर्किनसक्छ।

तपाईंको मतलब कांग्रेसभित्र लोकतान्त्रिक अराजकता मौलायो भन्ने हो?
अहिले नीति, कार्यदिशा र विधानको विरुद्धमा काम भइरहेको छ। अब त्यसलाई अराजकता भन्ने कि के भन्ने? यो अराजकता जस्तै नै हो। पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्नुभन्दा पहिला गुटको बैठक बस्ने। नेताको आफ्नो बोलीभन्दा गुटको निर्णय हाबी हुने परिपाटीले मुलतः पार्टीलाई नै हानी गरिरहेको छ। तर, अब यो अवस्थाबाट पार्टीलाई मुक्त गर्नुपर्छ। आ–आफ्नो जिम्मेवारी अनुसारको काम गर्यो भने यो अराजकताको अन्त्य हुन्छ।

कांग्रेस महासमितिको बैठक बस्दैछ। त्यसबाट केही आशा गर्न सकिएला?
कांग्रेस महासमितिको बैठकले केही सकारात्मक काम गर्ला। विधानलगायत पार्टीलाई नै चलायमान बनाउन आगामी महासमितिको भेलाले केही आशा भने अवश्य जगाउने छ।

नेविसंघले आफ्नो काम आफै गर्ने हो। पार्टीसँग गुहार माग्नुपर्ने जरुरी नै छैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तपाईं नेविसंघको पूर्व सभापति, खासमा नेविसंघ भित्र देखिएको विवादको चुरो के हो?
म आफैं नेविसंघको केन्द्रीय सभापति भएर पार्टी राजनीतिमा आएको हुँ। नेविसंघले आफ्नो काम आफै गर्ने हो। पार्टीसँग गुहार माग्नुपर्ने जरुरी नै छैन। हाम्रो पालामा हामीले गुहार मागेनौं। त्यो बेला सबैभन्दा शक्तिशाली विद्यार्थी संगठन नै नेविसंघ थियो। तर, अहिले आफ्नो जिम्मेवारी पुरा नगर्ने अनि पार्टीलाई दोष दिएर केही हुँदैन। नेविसंघमा एकपटक अधिवेसन हुँदा दुई पटक विधान संशोधन हुने लाचारी प्रवृत्ति देखियो।

नेतृत्व छैन यो कमिटीमा? एउटै कलेजमा ३/४ वटा कमिटी बनाउने अधिकार कसले दियो? आफू पढेको वा आफ्नो जिल्लाको अधिवेसन गराउन नसक्ने अनि गल्लीमा अध्यक्ष, उपाध्यक्ष वा महामन्त्री हुँ भन्दै हिँडेर केही हुँदैन।

उमेर हदका कारण नेविसंघ समस्यामा परेकै हो?
यो उमेर हद बेकारको कुरा हो। उमेर हैन एजेन्डा चाहिन्छ नेतृत्वमा। अहिलेको नेविसंघ उमेरले हैन एजेन्डाले समस्यामा परिरहेको छ। समयमा नै अधिवेसन गर्ने हो भने उमेरहदको कुरै उठ्दैन। जसलाई जे मन लाग्यो त्यही गर्न यो कुरा उठेको हो।

माउ पार्टीको गुटबन्दीले पनि नेविसंघ चलायमान हुन नसकेको भन्नेमा तपाईंको बुझाइ के हो?
त्यसो हैन। काम गर्नलाई गुटले कहाँ रोक्या छ र? नेविसंघको आफ्नै विधान छ, त्यसै अनुसार काम गरे भैगो नि! नेतृत्व छैन यो कमिटीमा? चिठ्ठी पढ्न मात्र समिति बन्या होर भन्या। एउटै कलेजमा ३/४ वटा कमिटी बनाउने अधिकार कसले दियो? आफू पढेको वा आफ्नो जिल्लाको अधिवेसन गराउन नसक्ने अनि गल्लीमा अध्यक्ष, उपाध्यक्ष वा महामन्त्री हुँ भन्दै हिँडेर केही हुँदैन। खाली पदको लागि नेताको चाकरी गर्ने अनि पद पाएपछि केही काम नगर्ने लाचार मान्छेको हातमा नेविसंघ छ। अहिलेको समस्या यहि हो।

यसपटकको किचलोले उर्जाशील युवाहरूको पार्टीप्रतिको आकर्षणमा कमी आएको हो?
यो कांग्रेसको मात्र समस्या हैन। सबै पार्टीको साझा समस्या हो। जहाँसम्म युवा केन्द्रित भिजन बनाउन नसक्नु र पार्टी पद्धति पुरानै ढाँचामा अगाडि बढाउन खोज्नु कांग्रेसको समस्या हो। अबको कांग्रेसको ऐजेन्डा भनेकै युवा र विकास केन्द्रित हुन जरुरी छ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०७५  १०:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित
सम्बन्धित सामग्री
वैज्ञानिकले भेटे आयु बढाउने औषधिको सङ्केत, मुसामा सफल- मानिसमा के होला? तर, यो खोजले मानिसको आयु पनि औषधिका कारण लम्बिन्छ भन्ने प्रमाणित गरिसकेको छैन। मुसामा देखिएको प्रभाव मानिसमा पनि हुन्छ कि हुँदैन, औष... बिहीबार, कात्तिक १२, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन प्रधानमन्त्री र पार्टी सभापतिबीच बुधबार भएको छलफलको निष्कर्ष अब बस्ने मन्त्रिपरिषद् बैठकका निर्णयमा देखिनेछ। बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू विभागले इनर्जी ड्रिङ्क्सको सुरक्षित उपभोगबारे उपभोक्ता, उत्पादक तथा सरोकारवालालाई जानकारी गराउँदै यस्तो आग्रह गरेको हो । विभागले इनर... बुधबार, कात्तिक ११, २०८३
ताजा समाचारसबै
वैज्ञानिकले भेटे आयु बढाउने औषधिको सङ्केत, मुसामा सफल- मानिसमा के होला? बिहीबार, कात्तिक १२, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे बुधबार, कात्तिक ११, २०८३
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
किन चलिरहेको छ कर्मचारीमा राजिनामा दिने लहर , साउत यता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्