काठमाडौं– काठमाडाैंको टोखा नगरपालिका-६ मिलनचोकमा गए राति टेलिफोनको पोलमा मोटरसाइकल ठोकिँदा चालककाे मृत्यु भएकाे छ। बा ६५ प ८० ६५ नम्बरको मोटरसाइकल करिब राति १२ बजे टेलिफाेनकाे पाेलमा ठाेक्किँदा २१ वर्षीय सुवास सुर्खेतीकाे मृत्यु भएकाे हाे।
मोटरसाइकलपछाडि सवार १८ वर्षीय सुदिप सुर्खेती भने घाइते भएका छन्। घाइतेकाे उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ। मोटरसाइकलमा सवार दुबै जनाले मदिरा सेवन गरेको प्रहरीकाे अनुसन्धानबाट खुलेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।