एजेन्सी- स्पेनिस ला लिगामा बार्सिलोनाले ३ अंकको अग्रता लिएको छ। बार्सिलोनाले शनिबार राति भएको खेलमा इस्प्यान्योललाई ४-० गोलले पराजित गरेको हो।
उस्मान डेम्बेलले खेलको २६ मिनेटमा गोल गरेका थिए भने लुइस सुआरेजले ४५ मिनेटमा अर्को गोल गरेपछि बार्सिलोना पहिलो हाफमै ३-० ले अघि बढेको थियो।
दोस्रो स्थानको सेभिल्लालाई भ्यालेन्सियाले १-१ गोलको बराबरीमा रोकेपछि बार्सिलोनालाई फाइदा पुग्यो। तेस्रो स्थानको एट्लेटिको मयाड्रिडले भने अलाभेसलाई ३-० गोलले पराजित गरेको छ।
लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको १५ खेलबाट ३१ अंक छ। दोस्रो स्थानको सेभिल्ला र तेस्रो स्थानको एट्लेटिको म्याड्रिडको २८-२८ अंक छ। चौथो स्थानमा रहेको अलाभेसको २४ अंक छ। रियल म्याड्रिड १४ खेलबा६ २३ अंक जोडेर पाँचौ स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।