मंगलबार– इलामको फाकफोकथुम गाउँपालिका–४ फूएतप्पामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको गएराति मृत्यु भएको छ।
इलाम र पाँचथरको सीमावर्ती रविबजारबाट घरतर्फ फर्कने क्रममा को१प ३३३९ नंको मोटरसाइकलले ठक्कर दिँदा फाकफोकथुम गाउँपालिका–३ आमचोक निवासी ८३ वर्षीय वीर्खबहादुर लकान्द्रीको मृत्यु भएको हो।
घटनापछि लकान्द्रीलाई उपचारका लागि रबिस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएकाे थियाे। त्यहाँ उपचार हुन नसकेपछि झापाको विर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो।
ठक्कर दिने मोटरसाइकल चालक वसन्त मगरलाई विर्तामोड इलाका प्रहरी कार्यालयले राति नै नियन्त्रणमा लिएको आमचोक प्रहरी चौकीका प्रहरी नायब निरीक्षक भुपेन्द्र ढुङ्गानाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।