काठमाडौं– चन्द्रागिरि नगरपालिका– २ नागढुङ्गा सुरक्षा चौकीबाट लागुऔषधसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले बसमा जाँच गर्दा झापा दमक उपमहानगरपालिका– ५ का २१ वर्षीय साजन भुजेल र कैलाली गोदावरी नगरपालिका– २ का १८ वर्षीय राजन खनाललाई लागुऔषधसहित पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए।
जाँचका क्रममा झापाबाट काठमाडौं आउँदै गरेको ना५ख ४९७२ नंको बसमा यात्रारत भुलेजको झोलाबाट ३० एम्पुल फेनारगन, २९ एम्पुल लुफिजेसिक र ३१ एम्पुल डाइजापाम बरामद गरेको प्रहरीले जनाएको छ।
यस्तै धनगढीबाट काठमाडौं आउँदै गरेको ना५ख ९४०६ नंको बसमा यात्रारत खनालको झोलाबाट नाइट्रोभेट ट्याबलेट ३०० थान फेला परेको क्षेत्रीले जानकारी दिए।
उनीहरुलाई थानकोट प्रहरीले हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।