जनकपुर– जनकपुरमा सुरु भएको सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवको आज दोश्रो दिन फूलबारी लीला सम्पन भएको छ।
पहिलो दिन जानकी नगर दर्शन गर्दै विधिवत रुपमा प्रारम्भ भएको विवाह पञ्चमी महोत्सवको फूलबारी लीला विवाह मण्डपको बगैँचामा गरिएको थियो।
विवाह पञ्चमीको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेश्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर र छैठौं दिन राम–सीता स्वयम्बर तथा विवाह कार्यक्रम हुनेछ।
विवाह महोत्सवका लागि यस वर्ष पनि अयोध्याबाट हात्ती, घोडा र ऊँट लिएर हजारौंको संख्यामा साधुसन्त आउन लागेका छन्।
जन्तीको नेतृत्व गरेर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि आउने कार्यक्रम छ। राम–सीता स्वयम्बरका दिन हेलिकोप्टरबाट पुष्पवृष्टि गरिने कार्यक्रम पनि रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोषण दास वैष्णवले जानकारी दिए।
रामजानकी विवाह महोत्सव त्रेता युगमा भगवान राम जानकीको विवाह भएको स्मरणमा मनाइँदै आएको छ।
महोत्सवमा मैथिली परम्पराअनुसार वैबाहिक कार्यक्रमहरुको आयोजना गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।