चीन– शृंखला खतिवडा मिस वर्ल्ड २०१८ को टप–१२ बाट बाहिरिएकी छिन्। चीनको सान्यामा चलिरहेको प्रतिस्पर्धामा खतिवडा अन्तिम १२ बाट बाहिरिएकी हुन्।
विभिन्न ५ समूहमा विभाजन गरी मिस वर्ल्डका अन्तिम ५ फाइनलिस्ट छनोट गरिएको थियो। एसिया तथा आसियाना समूहबाट नेपाल, न्युजिल्यान्ड तथा थाइल्यान्ड अन्तिम १२ मा पर्न सफल भएका थिए। तर, न्युजिल्यान्ड र नेपाललाई पछि पार्दै थाइल्यान्डकी सुन्दरी निकोलिन लिम्सनिकान मिस एसिया र एसियाना घोषित हुँदै अन्तिम ५ मा पर्न सफल भएकी हुन्।
अन्तिम ५ मा थाइल्यान्डसँगै बेलारुस, जमैका, मेक्सिको र युगान्डाका सुन्दरीहरु परेका छन्। यीनै ५ देशका सुन्दरीबाटै यो वर्षको मिस वर्ल्ड घोषणा गरिने छ।
विश्वका १ सय २१ देशका सुन्दरीहरुको सहभागिता रहेको यस वर्षको मिस वर्ल्डमा शृंखला दुई अवार्ड हात पार्दै अन्तिम प्रतिस्पर्धामा छानिएकी थिइन्। उनी मल्टिमिडिया अवार्ड र ब्युटी विथ द प्रपोज गरी दुई अवार्ड हात पार्दै टप ३० मा परेकी थिइन्।
टप ३० बाट टप २० हुँदै उनी टप १२ मा पर्न सफल भएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।