चीन– शृंखला खतिवडा मिस वर्ल्ड २०१८ को टप–१२ मा परेकी छिन्। चीनको सान्यामा चलिरहेको प्रतिस्पर्धामा खतिवडा अन्तिम १२ प्रतिस्पर्धीमा छानिएकी हुन्।
विश्वका १ सय २१ देशका सुन्दरीहरुको सहभागिता रहेको यस वर्षको मिस वल्र्डमा शृंखला दुई अवार्ड हात पार्दै अन्तिम प्रतिस्पर्धामा छानिएकी थिइन्। मल्टिमिडिया अवार्ड र ब्युटी विथ द प्रपोज गरी दुई अवार्ड हात पार्दै टप ३० मा परेकी थिइन्।
टप ३० बाट टप २० हुँदै उनी टप १२ मा पर्न सफल भएकी हुन्। उनी एसिया तथा आसियाना समूहबाट शिर्ष १२ मा छानिएकी हुन्।
अबको चरणमा टप ५ हुँदै यस वर्षको मिस वर्ल्ड घोषणा गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।