काठमाडौं– गायक गौरव नारायण राईको नयाँ एल्बम 'सफलताको शिखर' सार्वजनिक भएको छ।
शनिबार काठमाडौंमा पत्रकार भेटघाटका साथ राईको उक्त एल्बम सार्वजनिक गरिएको हो। राष्ट्रिय भावनाका गीत समेटिएकाे एल्वममा ८ गीत समावेश छन्। गायक राईको एकल स्वरमा ७ गीत समावेश छन् भने एक गीतमा राई र कविता बराईलीको युगल स्वर सुन्न सकिन्छ।
२०६१ सालबाट सांगीतिक क्षेत्रमा आबद्ध राईको एल्वममा समावेश ५ गीतमा उनकै संगीत तथा ३ गीतमा शब्द रचना रहेको छ। गायककै पिता रत्नबहादुर राई, लोकेन्द्र पुलामी मगर, दर्शन राई र डिल्ली देवानको शब्द रहेको गीतमा बिनोद खुम्बु र कृष्ण भक्त राईले संगीतमा साथ दिएका छन्।
रोजगारीका लागि ४ वर्षदेखि मलेसियामा रहँदै आएका राईले संगीतसँगको सामिप्यता र आफ्ना शुभचिन्तकहरुको प्रेरणाले नयाँ एल्बम बजारमा ल्याएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।