काठमाडौं– पुस २० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जय श्री दाम’को ट्रेलर सार्वजनिक भएको छ।
फिल्मको सार्वजनिक मिति नजिकिँदै गर्दा निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो।
आर्थिक स्थिति कमजोर भएका बेरोजगार दुई युवाले आफ्नो भाग्य चम्काउन प्रयोग गर्ने गलत बाटोबीचमा आइपर्ने धार्मिक बाबासँगको ब्ल्याकमेलिङको पाटो फिल्मको मुख्य विषयवस्तु हो।
ट्रेलरमा मुख्य कलाकारहरु जेबिका कार्की, अमृत ढुङ्गाना, बिनोद न्यौपाने, राजन खतिवडा, प्रमोद अग्रहरि, विष्णु सापकोटा लगायत छन्।
फिल्मलाई डेब्यु निर्देशक विप्लव उप्रेतीले निर्देशन गरेका हुन्। निर्देशक उप्रेती सँगै अमरद्वीप सापकोटाको पटकथा रहेको ‘जय श्री दाम’मा मित्र डि गुरुङको सम्पादन रहेको छ।
फिल्मको ट्रेलर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।