• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २७, २०८२ Mon, Oct 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बढ्दाे छ वृद्धाश्रममा जेष्ठ नागरिककाे सङ्ख्या

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २१, २०७५  १६:४१
1140x725

काठमाडौं– ज्येष्ठ नागरिकको सम्मान र संरक्षणका साथै उनीहरूले आफ्नै घरमा बस्न पाउनुपर्ने भए पनि पछिल्लो समयमा वृद्धाश्रममा बस्नुपर्ने बाध्यता बढ्दै गएको अध्ययनले देखाएको छ। 

ज्येष्ठ नागरिकका परिवार नहुनु, पारिवारिक उपेक्षा, आर्थिक समस्या, आत्मसम्मानको खोजी र धार्मिक विश्वासका कारण ज्येष्ठ नागरिक घरबार छाडी वृद्धाश्रममा बस्न बाध्य हुँदै गएको अध्ययनले देखाएको हो।

राष्ट्रिय मानव अधिकार आयोगले आज सार्वजनिक गरेको ‘वृद्धाश्रम, कल्पवास, दिवा सेवा केन्द्र र स्याहार केन्द्रसम्बन्धी अध्ययन प्रतिवेदन–२०७५’ मा ज्येष्ठ नागरिकले आफ्ना परिवारबाट टाढा रहेर वृद्धाआश्रममा बस्नुपर्ने बाध्यता बढ्दै गएको उल्लेख छ। 

आयोगका सदस्य प्रकाश वस्तीले प्रतिवेदन सार्वजनिक गर्दै भने, 'ज्येष्ठ नागरिक निकै पीडामा छन्, सरकारले वृद्धाश्रम निर्माणका लागि लगानी गरेको छ तर लगानीअनुरुरूप प्रभावकारी अपेक्षित देखिँदैन।' 

मुलुकमा पश्चिमा संस्कृति प्रभाव बढ्दै जानु र युवाशक्ति अध्ययन वा रोजगारीका क्रममा विदेशिँदा पनि जेष्ठ नागरिक वृद्धाश्रममै बस्न विवश छन्। अध्ययनले समयमै सचेत नभए भविष्यमा यसले विकराल रूप लिने खतरा रहेको बताएको छ।

आयोगले २०७४ चैतदेखि २०७५ असोजसम्म ४९ जिल्लामा ८६ वृद्धाश्रम, ३० दिवा सेवा केन्द्र र छ स्याहार केन्द्रको प्रत्यक्ष अनुगमन गरेको थियो। 

वृद्धाश्रम (आवासीय प्रबन्ध), कल्पवास (आफ्नै खर्चमा धार्मिकस्थलमा कुटी बनाई वा सम्झौतामा लिई आफैं व्यवस्थापन गरी बस्नु), दिवा सेवा केन्द्र (आफ्नै भरमा बस्ने, खाने, सुत्ने र दिनमा भेट्ने) र स्याहार केन्द्र (अशक्त वा विदेशमा परिवार रहेका ज्येष्ठ नागरिकलाई शुल्क तिरेर बस्ने ठाउँ) का बारेमा आयोगले अध्ययन गरेको हो। 

नेपालको जनगणना २०६८ सालका अनुसार नेपालमा ज्येष्ठ नागरिकको सङ्ख्या २१ लाख ५४ हजार ३ थियो। तर, बढ्दो औसत आयु र घट्दो जन्मदरका कारण तीनदेखि तीन दशमलव पाँच प्रतिशतसम्म ज्येष्ठ नागरिकको सङ्ख्या बढेको अध्ययनले देखाएको छ। 

Ncell 2
Ncell 2

विसं २०७५ कात्तिक मसान्तसम्म ज्येष्ठ नागरिकको सङ्ख्या २५ देखि २८ लाखसम्म भएको प्रक्षेपण गरिएको छ। देशभर ६४ जिल्लामा १ सय ४१ वृद्धाश्रम छन्। ती वृद्धाश्रममा एक हजार ५ सय ७७ जना रहेका छन्।

त्यसमध्ये महिला बढी रहेका छन्। महिला ९ सय ६५ र पुरुष ६ सय १२ रहेका छन्। दुई वटाबाहेक सबै वृद्धाश्रमका आफ्नै भवन छन्। ६ वटा स्याहार केन्द्र भाडामा सञ्चालन भएका छन् भने नौ वटा दिवा सेवा केन्द्रका आफ्नै भवन रहेका छन्। 

एक वृद्धाश्रममा एक वृद्धा 

अध्ययनका क्रममा सरकारले सञ्चालन गरेको आठ वटा वृद्धाश्रम एक जना मात्र वृद्धा बस्ने गरेको भेटिएको छ। एक जना वृद्धाका लागि सबै स्रोत साधनको प्रयोग भइरहेको छ। त्यसबारेमा सरकारले अध्ययन गर्न जरुरी छ। 

त्यसैगरी तीनभन्दा कम आश्रित रहेको वृद्धाश्रम १० वटा रहेको छ। १० वा सोभन्दा कम आश्रित रहेको वृद्धाश्रम ४० वटा छन्। साथै १५ वा सोभन्दा कम आश्रित रहेको वृद्धाश्रम ५८ वटा छन् भने २० जनाभन्दा बढी बस्ने वृद्धाश्रम २७ वटा छन् । 

वृद्धाश्रमका नाममा करोडौँ लगानी 

सरकारले वृद्धाश्रम खोल्न र सञ्चालन गर्न करोडौँ लगानी गरेको देखिन्छ। सहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ मा १० करोड ७० लाख वृद्धाश्रम भवन बनाउन लगानी गरेको छ। सोही मन्त्रालयले आव २०७४/०७५ मा ८ करोड ३० लाख लगानी गरेको थियो।

त्यसैगरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आव २०७३/०७४ मा रु १३ करोड १६ लाख खर्च गरेको थियो। अर्थ मन्त्रालयले सोही आवमा ७ करोड १९ लाख लगानी गरेको थियो। 

आयोगले गरेको अध्ययन प्रतिवेदनअनुसार लगानीअनुसार वृद्धाश्रमको अवस्था राम्रो देखिँदैन। वृद्धाश्रम छ भनिएको स्थानमा वृद्धाश्रम नै नभेटिएकोसमेत पाइएको आयोगका सदस्य प्रकाश वस्तीले अध्ययनको अनुभव सुनाए। 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०७५  १६:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेश प्रदेशकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा
नेप्सेमा ४४.२५ अंकको वृद्धि, ४ अर्ब ९७ करोडको कारोबार
विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय पक्राउ
सम्बन्धित सामग्री
अनि पो दसैँ आउँथ्यो केटाकेटी हुँदा डाँडामा लिङ्गे पिङ थाप्न बाबियो बाट्न थालेदेखि नै हामी खुसीले औँधी रमाइसकेका हुन्थ्यो। शनिबार, असोज ११, २०८२
शारदीय नवरात्रको आज पाँचौ दिन, देवी स्कंदमाताको पूजा तथा आराधना गरिँदै स्कन्दमाता भगवती पार्वतीकै रूप भएको पुराणमा उल्लेख छ। स्कन्दकुमार (कुमार) की माता भएकीले यिनको नाम स्कन्दमाता रहेको बताइन्छ। शनिबार, असोज ११, २०८२
आश्विन शुक्ल चतुर्थी : कुष्माण्डा देवीको पूजाआराधना गरिँदै प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ। आध... बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
मधेश प्रदेशकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा सोमबार, असोज २७, २०८२
नेप्सेमा ४४.२५ अंकको वृद्धि, ४ अर्ब ९७ करोडको कारोबार सोमबार, असोज २७, २०८२
विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय पक्राउ सोमबार, असोज २७, २०८२
रौतहटमा पानीमा डुबेर तीन बालिकाको ज्यान गयो सोमबार, असोज २७, २०८२
नेपाल सुन्दर भए पनि जोखिमपूर्ण छ: गृहमन्त्री अर्याल सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
बन्धक रिहाइको प्रक्रिया सुरु भयो सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्