एजेन्सी– बलिउड गायक मिका सिंह एक युवतीलाई अस्लिल तस्बिर पठाएको आरोपमा पक्राउ परेका छन्। बुधबार दुबईबाट पक्राउ परेका सिंह अहिले अबुधावी जेलमा रहेको एजेन्सीहरुले जनाएका छन्।
उनले कसलाई अस्लिल तस्बिर पठाएका हुन्, कहिले पठाएका हुन् र ती युवती कहाँकी हुन् भन्नेबारेमा भने अनुसन्धान भइरहेकाे बताइएको छ।
बेलाबेलामा विवादमा आइरहने मिका सिंह एक पटक भारतीय आइटम गर्ल राखी सावन्तलाई किस गरेको आरोपमा पनि पक्राउ परेका थिए। सो घटनामा माफी मागेपछि उनलाई छोडिएको थियो।
थुप्रै सुपरहिट गीत गाइसकेका मिका चर्चित पन्जावी गायक दलेर मेहन्दीका भाइ हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।