एजेन्सी– सुपरस्टार रजनीकान्त र अक्षयकुमारको मुख्य अभिनय रहेको फिल्म २.० ले यतिबेला भारतीय बक्स अफिसमा उत्कृष्ट ब्यापार गरिरहेको छ।
गत बिहीबारबाट प्रदर्शनमा आएको फिल्मले अहिलेसम्ममा ५ सय करोड बढीको व्यापार गरिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ‘बाहुबली’ प्रथम सिरिजको व्यापार रेकर्ड तोड्न २.० सफल भएको छ।
भारतीय फिल्म बजार विश्लेषक रमेश बालाले सार्वजनिक गरेको व्यापार रिपोर्टअनुसार फिल्मले बुधबार सम्ममा ४ सय ८८ करोडको व्यापार गरिसकेको छ।
जसमा भारतीय बक्सअफिसबाट ३ सय ६७ करोडका साथै अन्तर्राष्ट्रिय बजारबाट १ सय २१ करोड गरी कुल ४ सय ८८ करोडको व्यपार गरेको हो। यसैगरी फिल्मको बिहीबारको कलेक्सनपछि ५ सय करोड बढीको व्यपार रेकर्ड कायम हुने उल्लेख छ।
फिल्ममा अभिनेता रजनीकान्त र अक्षयकुमार पहिलो पटक एकसाथ प्रस्तुत भएका छन्। अत्यधिक भिएफएक्स प्रयोग गरिएको फिल्म २.० रोबोर्टको सिक्वेल हो। एस शंकरको निर्देशन रहेको फिल्ममा एमी ज्याक्सन मुख्य अभिनेत्रीको रुपमा देखिएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।