काठमाडौं– मिस वर्ल्ड फाइनल कार्यक्रममा सहभागी हुन शृंखला खतिवडाको परिवार चीन प्रस्थान गरेको छ। नेपाली चेली शृंखला मिस वर्ल्ड उपाधिको प्रमुख दावेदारका रुपमा रहेकी छन्।
मिस वर्ल्ड २०१८ को फाइनल शनिबार चीनको सान्या सहरमा हुँदैछ।
शृंखलाका बुबा प्रतिनिधिसभाका सदस्य विरोध खतिवडाका अनुसार छोरीको हौसला बढाउन खतिवडा परिवार चीन प्रस्थान गरेको छ।
मिस वर्ल्ड नेपाल २०१८ बन्दै मिस वर्ल्ड सहभागिता जनाएकी शृंखलालाई जिताउन परिवारसहित २४ जनाको टोली चीन उडेको हो।
चीन प्रस्थानको समय सञ्चारकर्मीसँग त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कुरा गर्दै बुबा खतिवडाले शृंखलाले नेपालको शिर उच्च पार्न सफल भएको भन्दै खुसी व्यक्त गरे।
यसैगरी आमा मुनु सिग्देलले शृंखलाको हौसला बढाउन टोली चीन हिंडेको बताउँदै नेपाल र नेपालीका लागि मिस वर्ल्डको ताज शृंखलाले ल्याउने विश्वास व्यक्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।