• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

इसाईवादी सम्मेलनले कूटनीतिक आयामलाई टेवा पुर्‍याउँछ त मन्त्रीज्यू?

64x64
नेपाल लाइभ बुधबार, मंसिर १९, २०७५  ०८:३०
1140x725

एसिया प्यासफिक समिटको समापनसँगै सरकारले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको र कार्यक्रमले देशको अन्तराष्ट्रिय सम्बन्ध विस्तार गरेको बताएको छ। विवादित संस्थाको कार्यक्रम नेपालमा आयोजना गर्न दिएर सरकारले कूटनीतिक भूल गरेको सम्बन्धित क्षेत्रका विज्ञहरुको धारणा छ।

देशको कूटनीतिक क्षमतामा प्रश्न उठ्दै गर्दा परराष्ट्र मन्त्रालय सम्हालेका मन्त्री प्रदीप ज्ञवालीमाथि पनि प्रश्न उठ्नु स्वभाविकै हो। शान्त सरल र बौद्धिक नेताको परिचय बनाएका मन्त्री ज्ञवाली कम विवादित थिए। केपी शर्मा ओली नेतृत्वको सरकार र मन्त्रीहरू विवादमा आइरहेका बेला महत्वपूर्ण मन्त्रालय सम्हालेका ज्ञवाली भने विवादमा तानिएका थिएनन्। तर एसिया प्यासफिक समिट नेपालमा आयोजना भएसँगै मन्त्री ज्ञवाली पनि विवादमा मुछिने संकेत देखा पर्न थालेको हो। 

अध्ययनशील नेताको छवि बनाएका मन्त्री ज्ञवाली विशेषगरी नेपाल शान्ति प्रक्रियामा प्रवेश गरेपछि अन्तर्राष्ट्रिय आयामसम्बन्धी पुस्तकहरू पढ्न थालेको बताउँछन्। अन्तर्राष्ट्रिय आयामका पुस्तकमा पनि खास गरी जासुसी पुस्तकमा बढी रुचि भएको बताउने उनै मन्त्री ज्ञवालीलाई विवादित संस्थाको कार्यक्रम नेपालमा आयोजना गर्दा त्यसले नेपालको कूटनीतिमा कस्तो प्रभाव पार्छ भन्ने कुराको हेक्का भएकै हुनुपर्ने हो। 

गत चैत १२ गते परराष्ट्रमन्त्रीको हैसियतमा ओली नेतृत्वको सरकारमा ज्ञवाली सामेल भएका हुन्। मन्त्री पदमा आसीन भएसँगै ज्ञवालीले देशभित्र सञ्चालित एनजिओ आइएनजिओलाई जथाभावी काम गर्न नदिने र घर–घरमा गएर बाइबल बाँढ्ने काम रोक्न कडा कदम चालिने बताएका थिए। यस्तै चीनसँग हुन नसकेको व्यापार तथा यातायात प्रोटोकल पनि उनकै कूटनीतिक पहलमा सम्भव भएको छ। अघिल्लो पटक ओली प्रधानमन्त्री हुँदा भएको उक्त सहमतिलाई सम्झौतामा बदल्न मन्त्री ज्ञवालीले लामो गृहकार्य गरे। 

यस्तै लामो समयदेखि राजदूत नियुक्तिमा देखिएको बेथिति अन्त्य गर्न मन्त्री ज्ञवालीकै सक्रियतामा राजदूत नियुक्तिसम्बन्धी मापदण्ड सार्वजनिक भयो। राजदूत नियुक्ति मापदण्ड सार्वजनिक गरे पनि लामो समय खाली रहेका ठाउँमा राजदूत नियुक्त गर्न नसेको आरोप खेप्दै आएका मन्त्री ज्ञवालीले गत कात्तिक २५ गते भारत, मलेसिया, इजरायल र संयुक्त अरब इमिरेटसका लागि राजदूत सिफारिस गरेको छ। 

परराष्ट्र मन्त्री ज्ञवाली र उनले सम्हालेको मन्त्रालयले कूटनीतिक भूल गरे पनि त्यसको खासै विवाद भएको थिएन। तर एसिया प्यासफिक समिटमा भएको कुटनीतिक कमजोरीले भने देशलाई दीर्घकालसम्म असर पार्ने स्वयं सत्तारुढ दल नेकपाकै प्रभावशाली नेताहरूले बताउने गरेका छन्। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत बैशाखमा गरेको नेपाल भ्रमणका क्रममा प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले देशको आत्मसम्मानमा खलल पुयाउने वक्तव्य दिए। सामान्यतया सार्वजनिक सभा-समारोहमा दिइने मन्तव्यमा परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने परराष्ट्र मन्त्रालयका अधिकारी बताउँछन्। राउतको मन्तव्यमा परराष्ट्र मन्त्रालय गम्भीर रूपमा चुकेको थियो।

यसैगरी, काठमाडौंमा गत भदौ १४ र १५ गते आयोजना भएको बिम्स्टेक बठैकपछि भारतको पुनेमा आयोजना भएको संयुक्त सैन्य अभ्यासमा पनि नेपालले सुझबुझपूर्ण कूटनीति प्रयोगमा असफल भएको थियो। पहिला सैन्य अभ्यासमा सहभागी हुने अभिव्यक्ति दिएको सरकारले पछि पर्यवेक्षक मात्रै पठाउने निर्णय गर्‍यो। 

Ncell 2
Ncell 2
nimb
nimb

संयुक्त सैन्य अभ्यास कार्यक्रमा सहभागिता जनाउने सहमति दिनु नै सरकारको भूल थियो। संसदमा नै आफ्नो निर्णयको बचाउ गरेको सरकार त्यसबाट पछि हट्यो। त्यसले नेपालको कूटनीतिमा पक्कै पनि राम्रो प्रभाव परेको छैन।

नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)ले तयार पारेको प्रतिवेदन सार्वजनिक हुन नसक्नुमा पनि परराष्ट्र मन्त्रालयको कूटनीतिक कमजोरी देखिएको छ। सरकार र परराष्ट्रमन्त्री स्वयंले प्रतिवेदन चाँडै नै सार्वजनिक हुने बताउँदै आएका छन्। भारतीय प्रधानमन्त्री मोदीको समय नमिलेकाले प्रतिवेदन सार्वजनिक हुन नसकेको सरकारको दाबी छ। तर भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोलीले भने प्रतिवेदनमा भारतको असन्तुष्टि रहेको बताएका छन्। इपिजीले दुबै देशका जनताका भावना प्रतिनिधित्व गर्न नसक्ने भन्दै प्रतिवेदनको प्रभावकारिताका विषयमा प्रश्न उठाएका हुन्।

संयुक्त राष्ट्रसंघको ७३औं महासभामा परराष्ट्र मन्त्रालयले अर्को कूटनीतिक कमजोरी गर्‍यो। प्रधानमन्त्रीले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दा कुनै एक देशको पक्ष लिएर अर्को देशका विरुद्ध मत जाहेर गरे। असंलग्न नीति अख्तियार गरेको नेपालले बहुपक्षीय सम्मेलनमा कुनै एक देशको पक्ष र अर्को देशको विपक्षमा मत दिनु कमजोरी भएको जानकारहरू बताउँछन्। 

‘राष्ट्रसंघमा गरिने भाषण रातारात तयार हुँदैन,' परराष्ट्र मन्त्रालयका एक जना पूर्वसचिवले भने, ‘महिनौंको तयारीपछि लेखिने भाषणमा नेपालले चीन र अमेरिकाबीच चलिरहेको व्यापार युद्धमा चीनको पक्ष लिनु हुँदैनथ्यो, प्रधानमन्त्रीबाट त्यो गल्ती भयो।’

Xtrem

Xtrem

यस्तै गत महिना संयुक्त राष्ट्रसंघमा म्यानमारको रोहिंग्या शरणार्थीको मानव अधिकार हननका विषयमा भएको निर्वाचनमा नेपाल उपस्थित भएन। चीन र भारत विपक्षी रहेको उक्त मुद्दामा निर्वाचन प्रक्रियामा नै नेपाल सहभागी नुहुनुलाई पनि कूटनीतिज्ञहरूले राम्रो मानेका छैनन्। यो मामलामा पनि नेपालको परराष्ट्र मन्त्रालय चुक्न पुग्यो।  

एसिया प्यासिफिक समिटलाई सरकारले दिएको प्राथमिकताका विषयमा पनि कूटनीतिक जानकारहरूले रुचाएका छैनन्। सरकारी निवास छोडेर प्रधानमन्त्री जस्तो गरिमामय पदको व्यक्ति आयोजकको खर्चमा होटेलमा गएर बस्नु, अरू देशले आयोजना गर्न नदिएको कार्यक्रम नेपालमा आयोजना गर्नु र छिमेकी चीनको विरुद्धमा रहेको संस्थाको कार्यक्रम नेपालमा आयोजना हुनुले कूटनीतिक क्षेत्रमा राम्रो सन्देश नगएको विज्ञहरूको धारणा छ। 

यसअघि नै नेपालमा आयोजना हुनबाट रोकिएको इसाई धर्म प्रचार गर्ने सम्मेलन बहुमत प्राप्त सरकारले आयोजना गर्न दिँदा सरकारकै नियतमाथि प्रश्न उठेको छ। कार्यक्रमले नेपालको परराष्ट्र सम्बन्धलाई फराकिलो बनाएको दाबी सरकारी पक्षको छ। के उक्त कार्यक्रमले नेपालको परराष्ट्र सम्बन्ध र कूटनीतिक आयामलाई आगामी दिनमा साँच्चै टेवा पुर्‍याउँछ त मन्त्री ज्यू?

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
सम्बन्धित सामग्री
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्