• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन २१, २०८२ Thu, Mar 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

जो महाकवि देवकोटालाई ‘देउता’ मान्छन्

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २, २०७४  १०:३४
1140x725

काठमाडौं- दार्जिलिङको परिवेश। हरेक दशैंमा त्यहाँको नेपालीभाषी समुदायमा बेग्लै माहौल छाउँथ्यो। कारण थियो, नेपाली साहित्यका तीन हस्तीहरु लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण सम दशैंको बेला त्यहाँ आयोजना हुने साहित्य सम्मेलनको पाहुना बन्थे। 

तीन–चार दिनसम्म चल्ने साहित्यिक गोष्ठी र भाषणले भाषा र साहित्यप्रेमीहरु चमत्कृत हुन्थे। यस्तै चमत्कृत हुनेमा तारानाथ शर्मा पनि थिए, जो उतिबेला दार्जिलिङ तथा खर्साङमा बसेर पढ्दै थिए। साहित्य सम्मेलनमा सहभागी हुने मौका उनी कसैगरी छाड्दैनथे। 

८३ वर्षमा हिँडिरहेका तारानाथ विगतका धेरै कुरा राम्ररी सम्झिन सक्दैनन्। तर, महाकविसँग भेटेको त्यो प्रसंग भने उनको दिमागमा अझै सुरक्षित छ।

त्यो बेला उनी खर्साङमा कक्षा १० मा पढ्दै थिए। कताकताबाट उनले दार्जिलिङमा लेखनाथ, देवकोटा र सम आएको थाहा पाए। क्रिश्चियन फादरहरुले चलाएको स्कुलबाट कार्यक्रममा निस्किन अनुमति पाउनु गाह्रै थियो। उनले एउटा जुक्ति निकाले, ‘झुटशास्त्र’ नै अपनाए।

‘गाउँबाट बिरामी भएर आएका एक बूढा मान्छेलाई डाक्टरकहाँ देखाउन लग्यो भनेर भन्दिनू है भनेर एउटा साथीलाई अह्राएँ’, ६५ वर्ष अगाडिको घटना सम्झिँदै उनी पुलकित भए। लेखकहरुसँग भेट्ने हुटहुटी कस्तो भने, उनी बिहान ५ बजे नै खर्साङबाट ट्रेन चढेर दार्जिलिङ हान्निए।

एकाबिहानै दार्जिलिङ टेकेका उनले लेखकहरु बसेको घर पत्ता लगाए। त्यहाँ पुग्दा घर सुनसान थियो। यत्तिका ठूला लेखक आउँदा पनि चरोमुसो छैन ! कोही आएका होइनन् कि क्या हो भनेर निराश पनि भए।

तर, घरको छेउमा पुग्दा माथिल्लो तलामा मान्छेहरुको कल्याङमल्याङ सुनेपछि भने बल्ल आस पलायो। यत्तिकैमा माथिबाट एउटा मान्छे भर्‍याङमा बङ्बङ् आवाज पार्दै ओर्लियो।

Ncell 2
Ncell 2

उनी थिए ‘भीम बूढा’ भनेर चिनिने दार्जिलिङको गभर्नेन्ट हाइस्कुलको हेडमास्टर, सूर्यविक्रम ज्ञवाली।

उनी केटाकेटीलाई उति मन नपराउने, कराइहाल्ने अलि कडा मिजासका थिए। ‘त्यो मान्छेलाई त्यहाँ देख्ने बित्तिकै मलाई बोर लाग्यो’, नाक खुम्च्याउँदै तारानाथ सम्झिन्छन्।
नभन्दै सूर्यविक्रम कड्किहाले, ‘ओइ, एकाबिहानै कहाँ हिँडेको हँ?’

लल्याकलुलुक परेर तारानाथ बोले, ‘यहाँ कविशिरोमणि र महाकविहरु पाल्नुभएको छ रे। महाकविको दर्शन गर्न आएको।’ 

‘धत्, हुँदैन अहिले! हाम्रो प्रोग्राम छ, सूर्योदय हेर्न टाइगर हिल जाने। तिमी जाऊ।’

दार्जिलिङमा हुने साहित्यिक कार्यक्रममा प्रायः उनी नै सभापति हुने भएकाले उनको अदब बेग्लै थियो।

तारानाथ त्यो दिन सम्झिन्छन्, ‘भीम बूढा त्यसरी जंगिरहँदा माथिबाट देउता जस्तै सललल बग्दै एउटा मान्छे आए। उनले मधुरो आवाजमा सोधे– कसले कसलाई खोजेको?’  
उनले प्रत्युत्तर दिए, ‘मैले महाकविलाई खोजेको। उहाँको दर्शन गर्न आएको।’

अगाडि थिए महाकवि देवकोटा। ‘आहा बाबू’ भन्दै सामुन्नेमा आए। तारानाथले ‘दर्शन’ शब्द प्रयोग गरेकाले महाकविले ठम्याइहाले, ‘तपाईं त दार्जिलिङको होइन।’

उनले आफू नेपालकै भएको भन्दै परिचय दिएपछि महाकविले गम्लंग अंकमाल गरे। तारानाथले खल्तीमा सानो डायरी बोकेका थिए। त्यसमा केही लेख्दिऊँ भनेर महाकविले सोधे।

‘मैले त खोजेकै त्यही थियो’, तारानाथ दंग परे। 

सूर्यविक्रम ‘देवकोटाजी के गरिरहनुहुन्छ तपाईं ? अरु सबै तयार भइसके, छिटो गर्नुस्’ भनेर तातो लगाउँदै थिए।

महाकवि भने माथिबाट दाँत माझ्न झरेका थिए। उनको हातमा ब्रस थियो। भुइँमा लोटा राखेका थिए। तारानाथले लोटाको पानी खन्याइदिएर मुख कुल्ला गराए।

त्यसपछि महाकविले उनको डायरीमा लेखिदिए– 
‘कविता सविता मेरी लविता लविला भनेँ
त्यसैको प्रेमले जल्दै आगो–आँसु दुवै बनेँ
लक्ष्मीप्रसाद देवकोटा, १४ मे १९५२’

यति लेखेर देवकोटाले सुझाव पनि दिए, ‘बाबू पनि पत्रपत्रिकामा लेख्नुहुँदो रहेछ। तर, कविता चाहिँ नलेख्नू है। यसले भित्रभित्रै पोल्छ। मलाई डढाइसक्यो। मलाई हेर्नुस् बहुला बनाएर राँची पठाए। ६ महिनासम्म म बहुला भएँ।’ 

साहित्य सम्मेलनका क्रममा देवकोटाले कलेजमा भाषण गरेका थिए।  

‘बाफ रे बाफ ! हाम्रा महाकविले अंग्रेजीमा बोल्दा कलकत्ताबाट आएका जम्मै बंगाली र प्रोफेसरहरु कति राम्रो बोलेको भनेर छक्क परेका थिए’, तारानाथ खितखिताउँदै सुनाउँछन्।

एकसुरका महाकवि, देउता देवकोटा

तारानाथले पछि दार्जिलिङमै सेन्ट जोसेफ कलेजमा पढ्न थालेपछि त हरेक वर्षको साहित्यिक कार्यक्रम पानी–पँधेरो नै भयो। त्यस क्रममा उनी देवकोटाको भाषण कलाबाट मोहित भएका थिए। 

एक पटक महाकवि दार्जिलिङको चोक–बजारमा भाषण गरिरहेका थिए। कार्यक्रमका सभापति सूर्यविक्रम नै थिए। बोल्दै गरेका देवकोटाको मुखमा उनले रुमालले छोपिदिए।

‘हामी सबै जना छक्क पर्‍यौं। के गरेको यो ? महाकविले के गल्ती गर्नुभयो र यस्तो गरेको ?’ तारानाथ त्यो दिनमा फर्किए।

यत्तिकैमा सूर्यविक्रमले माइक खोसेर बोले, ‘यो दार्जिलिङको मौसमले हाम्रो महाकविलाई सहन सकेन। हामी सबै यति माया र श्रद्धा गर्छौं उहाँलाई, तर चिसोले उहाँको नाक बग्यो। त्यही भएर मैले पुछिदिएको।’

तर, त्यसबारे देवकोटालाई पत्तै थिएन। कुनै काममा लाग्दा एकसुरमा लाग्थे। रुमाल झिकिसकेपछि तुरुन्तै उनी बोल्न थाले, ‘रोम वाज बर्निङ एन्ड निरो वाज फिड्लिङ।’

तारानाथ त्यसबेलाको सन्दर्भ खुलाउँछन्, ‘नेपालमा कठोर शासनका कारण जनताले दुःख पाइरहेका छन्, तर राणाहरु चाहिँ मोज गरिरहेका छन् भनेर महाकविले व्याख्या गरे।’
महाकविको एकसुरा बानी इलामको करफोकको कार्यक्रमको बेला पनि देखिएको तारानाथ सम्झिन्छन्।

महाकवि खाना खान बसेका थिए। थालमा खाना सकिइसकेको थियो। तर, उनी हातमा गाँस लिए जस्तै एकोहोरो मुखमा लगिरहेका थिए।

अब जाऊँ चुठ्न भनेपछि मात्र छक्क परेर महाकवि उठेका थिए।

महाकविसँग जोडिएका अनेकथरी प्रसंग सुन्ने र पढ्ने नयाँ पुस्तालाई हरेक कुरा किंवदन्ती जस्तो लाग्छ। कतिपय घटनाको साक्षी नै रहेका तारानाथ नै भन्छन्, ‘म आफैंलाई त ती कुरा किंवदन्ती लाग्छ।’

देवकोटाको रचनाले पारेको प्रभावबारे सोध्दा उनी महाकविलाई देउतासरह नै मान्ने बताउँछन्। देवकोटासहित लेखनाथ र समलाई उनी त्रिदेव मान्छन्। ‘उहाँहरुलाई नेपाली साहित्यका त्रिदेव भन्ने मै हो। साहित्यमा लाग्न उहाँहरुको प्रेरणा छ मलाई। उहाँहरुका कृतिहरु साह्रै मन पर्छ’, स्रष्टाभित्रको पाठक तारानाथ बोल्छन्।

काठमाडौं बस्न थालेपछि उनको लेखनाथ र समको घरमै आउजाउ हुन थाल्यो। एमए गरेपछि उनले समसँग नियमित सम्पर्कमा रहेर समालोचनाको पुस्तक ‘सम र समका कृति’ नै लेखे। तर, देवकोटालाई त्यसरी घरमै भेट्ने मेसो जुरेन। 

त्यो ऐतिहासिक फोटो

महाकवि देवकोटासहितको एउटा सामूहिक फोटोले नेपाली साहित्यमा आकर्षण बोकेको छ। जसमा तारानाथले भन्ने गरेको त्रिदेव नै देखिन्छन्। त्यो फोटो ६ दशकअघि दार्जिलिङको दास स्टुडियोमा खिचिएको हो।


(तारानाथ शर्मा, पछाडिको लहरमा दायाँबाट तेस्रो)

सामूहिक फोटो खिच्ने संयोग कसरी जुर्‍यो त?

तारानाथ दार्जिलिङमा नौ कक्षा पढ्दै गर्दा उनको गृहजिल्ला इलामको करफोकमा करफोक विद्या मन्दिरले साहित्यिक कार्यक्रम आयोजना गरेको थियो । आफ्नै ठाउँको कार्यक्रममा उनी नपुग्ने कुरै भएन । त्यहाँ कार्यक्रम सकिएपछि फोटो खिच्ने कुरा भयो । तर, करफोकमा त्यसबेला फोटोग्राफर र स्टुडियो नै थिएन।

‘देवीप्रसाद किसानले सबै व्यवस्था मिलाए र गाडीमा हामीलाई दार्जिलिङ पुर्‍याए । यो फोटो त्यहीँ दास स्टुडियोमा खिचियो’, तारानाथले फोटो–कथा बताए।

फोटोमा नेपाली साहित्यका महारथीसँगै, शहीद परिवार र तारानाथका सहपाठी वीरेन्द्र खुँजेली, हरिनाथ बाँस्तोलासम्म देखिन्छन्। 

फोटोमा महाकवि देवकोटा, लेखनाथ पौड्याल, बालकृष्ण सम, शंकर लामिछाने, धरणीधर कोइराला, ईश्वर बराल, सूर्यविक्रम ज्ञवाली, पटनाबाट अंग्रेजीमा फस्ट क्लास फस्ट एमए गर्ने रामप्रसाद मानन्धर, शहीद शुक्रराज शास्त्रीकी बहिनी चन्द्रकान्ता, लेखनाथकी छोरी पुण्यप्रभादेवी ढुंगाना छन्। अगाडि बसेका बालक मानन्धरका छोरा गौतम हुन्। 

सम्मेलनमा सहभागी भएकामध्ये पारसमणि प्रधान र महानन्द सापकोटा भने फोटोमा छुटेको तारानाथ बताउँछन्। 

करफोकको कार्यक्रममा उनले महाकविलाई देखे मात्र, चिनजान गर्ने मौका पाएनन् । तर, त्यो भेट पनि पहिलो नभएको उनी बताउँछन्।

पहिलो चोटि उनले महाकविलाई कहिले र कहाँ देखेका थिए त?

‘यो त घामलाई कहिले देखिस् भन्या जस्तो पो कुरा भयो’, यति भनेर उनी परिचित शैलीमा खितखित हाँसे।

यो पनि पढ्नुहोस्-

यस्ता थिए महाकवि
महाकविमाथि चार युवाकविको टिप्पणीः कमजोरीबाट उम्किन सकेनन् देवकोटा
ती हाम्रा दिन गै गए!
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म
महाकवि बाँचिरहेका भए!
देवकोटा : नेपाली साहित्यका मिथक
नेपाली साहित्यकाशका तारा

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०७४  १०:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचन सम्पन्न भएकोमा राष्ट्रपति पौडेलद्वारा धन्यवाद व्यक्त
कांग्रेसले दियो निर्वाचनमा सहभागी भएकोमा सबैलाई धन्यवाद
६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
निर्वाचन सम्पन्न भएकोमा राष्ट्रपति पौडेलद्वारा धन्यवाद व्यक्त बिहीबार, फागुन २१, २०८२
कांग्रेसले दियो निर्वाचनमा सहभागी भएकोमा सबैलाई धन्यवाद बिहीबार, फागुन २१, २०८२
६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान बिहीबार, फागुन २१, २०८२
काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी बिहीबार, फागुन २१, २०८२
दोलखाको मालुमा रोकिएको मतदान फेरि सुरु बिहीबार, फागुन २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
बालेनलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर काठमाडौंमै फिर्ता बिहीबार, फागुन २१, २०८२
उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्कियो बिहीबार, फागुन २१, २०८२
सर्लाही ४ मा मतदान सुरु हुनेबितिकै विवाद बिहीबार, फागुन २१, २०८२
बागलुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसियो बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्