बार्सिलोना– स्पेनिस ला लिगामा बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ। बार्सिलोनाले आइतबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियाललाई २–० गोलले हराएर शीर्ष स्थानमा कब्जा जमाएको हो।
बार्सिलोनाको जितमा जेरार्ड पिकेले ३६ मिनेटमा पहिलो गोल गरे। उनले उस्मान डेम्बेलेले दिएको क्रसमा हेडमार्फत गोल गरेका थिए।
खेलको ८७ मिनेटमा युवा खेलाडी कार्लेस अलेनाले दोस्रो गोल गरे। उनले सर्जियो असेन्जोले उपलब्ध गराएको चिप बलमा गोल गरेका थिए। त्यसअघि सर्जियोलाई कप्तान लिओनल मेसीले थ्रो बलमार्फत पास दिएका थिए।यसअघि शीर्ष स्थानमा रहेको सेभिल्लालाई अलाभेसले १–१ गोलको बराबरीमा रोकेसँगै बार्सिलोनालाई फाइदा पुगेको हो।
यता उपाधि होडमा रहेको अर्को क्लब एट्लेटिको म्याड्रिड पनि गिरोनासँग १–१ गोलको बराबरीमा रोकियो।
लिगमा शीर्ष स्थानको बार्सिलोनाले १४ खेलबाट २८ अंक जडेको छ। दोस्रो स्थानमा झरेको सेभिल्लाको २७ अंक छ भने एट्लेटिकोको २५ अंक छ। २४ अंक जोड्दै अलाभेस चौथो र २३ अंक जोडेको रियल म्याड्रिड पाँचौ स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।