• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन २१, २०८२ Thu, Mar 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

महाकविमाथि चार युवाकविको टिप्पणीः कमजोरीबाट उम्किन सकेनन् देवकोटा

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २, २०७४  ०७:४१
1140x725

काठमाडौं– महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘शाकुन्तल’ महाकाव्यको भूमिका (वक्तव्य) मा लेखेका छन्, ‘पण्डितहरुलाई ठाउँ–ठाउँमा आधुनिकताले तर्साउँछ, ग्र्याजुएटलाई संस्कृतले, साधारण पाठकलाई विचारको र शब्दको क्लिष्ट नवीनताले। म पर्छु बीचको शून्यमा। लोकप्रियता टाढै रहोस्, बुझेर पढिदिने एक हातको औंलामा गन्न पाए काफी छ।’

लोकलयको झ्याउरे छन्दमा सरस ‘मुनामदन’ लेख्ने उनै देवकोटाले शाकुन्तलमा आफैं किन प्रस्टीकरण दिनुपर्‍यो होला? जहाँ उनले अपेक्षा गरेका छन्- शाकुन्तल बुझेर पढ्ने ‘पाँच जना’ भए पुग्यो! 

देवकोटा सरल कि क्लिष्ट? मानवतावादी कि प्रगतिवादी? ईश्वरवादी या प्रकृतिवादी? उनको भौतिक शरीर विलीन भएको झन्डै साढे पाँच दशक पछिसम्म पनि बहस सेलाएको छैन। आखिर देवकोटा कस्ता रहस्यमयी कवि हुन्?

‘वास्तवमा देवकोटा धेरैले नबुझीकन चिनेको र थोरैले बुझेर चिनेका कवि हुन्,’ कवि मनु मन्जिल भन्छन्, ‘साँच्चिकै विश्वस्तरका साहित्यकार हुन् उनी। नेपालमा अट्न सकेनन् या हामीले उनलाई बुझ्न सकेनौं।’ 

लाखौं प्रति बिक्री भएको मुनामदनका लेखकबारे धेरैलाई थाहा छैन, तर ‘क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन, मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ सबैको जिब्रोमा झुन्डिएको छ। लोकजीवनको सरल भाषा र त्यसैमा उच्चतम गहिराइले नै मुनामदन लोकप्रिय बन्न सक्यो। 

कवि नवराज पराजुली त हरेकपटक मुनामदन पढ्दा रोएका रहेछन्। ‘कैयौंचोटि पढेँ हूँला, त्यसबेला मेरा आँखा रसाएकै हुन्थे,’ उनले भने, ‘भित्री हृदयसम्म छोएको थियो मुनामदनले तर शाकुन्तल पढ्न नसकेर मैले बीचमै छाडिदिएको छु।’ यतिसम्म कि 'देवकोटेली शैली'का कविता बुझ्न शब्दकोश नै पल्टाउनुपर्यो। ‘उनका कतिपय गद्य कविता पनि जटिल छन्, म अंग्रेजीमै मास्टर्स गरेको मान्छेले पनि उनका अंग्रेजी कविताका शब्दहरु फोर्न सकिनँ,’ उनी स्विकार्छन्।

निरन्तर लेखिरहने, आफूले लेख्न नभ्याएपछि सहयोगी राखेर लेख्न लगाउने देवकोटाका सबै कृति प्रकाशनमा छैनन्, जति सार्वजनिक छन् सीमित चर्चामा छन्।

समालोचकहरुले त देवकोटाका कवितालाई हाडेओखरसँग तुलना गरेका छन्। उनलाई बुझ्न ओखर फोड्नैपर्छ, तब पो ओखरको स्वाद लिन पाइन्छ।

Ncell 2
Ncell 2

नेपाली, संस्कृत, अंग्रेजी, हिन्दी, नेवारी लगायत धेरै भाषाका ज्ञाता देवकोटाका कविता सबै भाषा अन्तरघुलनबाटै पूर्ण बनेका छन्। तथापि लेख्न थालेपछि धाराप्रवाह बहिरहने, कल्पनाको उच्च वेग अनि पूर्वीय-पाश्चात्य मिथको प्रयोगले उनका सबै सिर्जना उत्तिकै सम्प्रेष्य छैनन्।

‘आफ्नो समयभन्दा कैयौंपछिसम्म सोच्न सक्ने क्षमता थियो उनमा,’ कवि मनुको तर्क छ, ‘ग्रिसेलीदेखि पूर्वीय मिथलाई पनि विशिष्ट प्रयोग गरेका छन्, जबकि त्यसबेला साहित्य बुझ्न सक्ने नै कति थिए र!’

निरन्तर लेखिरहने, आफूले लेख्न नभ्याएपछि सहयोगी राखेर लेख्न लगाउने देवकोटाका सबै कृति प्रकाशनमा छैनन्, जति सार्वजनिक छन् सीमित चर्चामा छन्। जीवनको कुनै मोडमा उनले भनेका थिए, ‘मुनामदन बाहेक मेरा सबै कृति जलाइदिनू।’ 

उनका महाकाव्यलाई कोट्याउन नसकेका कवि पराजुलीको बुझाइ छ, ‘मुनामदन सबैका लागि सम्प्रेष्य भइदियो तर अरु कृति सबैले बुझेनन् या पुग्न सकेन। त्यही भएर पनि उनलाई मुनामदनको त्यतिविधि लोभ जागेको हुन सक्छ।’

कुनै लोकलयमा यति महान् काव्य (मुनामदन) लेखिनु विश्वमै दुर्लभ ठान्छन् मनु। पुरानो समय र साधारण मानिसको जीवन समातेर प्रयोग गर्ने देवकोटाको चेतनाबाट प्रभावित उनी भन्छन्, ‘उनको विश्वचेत र भाषाको वैशिष्ट्य त्यो बेलाको नेपालमा सेल हुन गाह्रो थियो। हुन सक्छ, त्यही सोचेर उनले लोकलयमा मुनामदन लेखे।’

कमजोरीले घेरिएका देवकोटा 
साहित्यका जुनसुकै विधामा हात हालेका छन्, देवकोटाले। दर्जनभन्दा बढी खण्डकाव्य र ६ महाकाव्य लेखेका उनले बालकविता संग्रह, लघुकाव्य, गीतिनाटक, कथा, निबन्ध, उपन्यासमा समेत कलम चलाए। तर उनी सबैमा सफल हुन सकेनन्। विधागत विस्तारमा उनी छरिए, जहाँ उनको प्रतिभा पातलिँदै गयो। 

कवि तथा समालोचक महेश पौड्याल त केही कविताबाहेक देवकोटाका फुटकर कवितालाई चुट्किलाको निर्मम संज्ञा दिन हिचकिचाउँदैनन्। ‘देवकोटा महाकाव्य र खण्डकाव्यमा त राम्रैगरी उभिए,' उनको टिप्पणी छ, 'तर उनका धेरै कविता एकदमै सतही लाग्छन्, न सामयिक बोध छ न त काव्यिक चेत।’

देवकोटाका ‘दाल भात डुकु’, ‘साँढे’, ‘ताल्चा’ तथा माओ त्से तुङ र महात्मा गान्धीमाथि लेखिएका कविताले अहिले कुनै अर्थ नराख्ने बताउँछन् उनी, ‘त्यस्ता अरु कविता पनि छन्, जो एउटा समयरेखाका लागि उपयुक्त थिए होलान्; तर तिनको सान्दर्भिकता सकियो।’

तीन महिनामै ‘शाकुन्तल’ महाकाव्य, १० दिनमा ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्न सक्ने क्षमता भएका देवकोटाका लागि त्यही तीव्र भावप्रवाह कतिपय अवस्थामा कमजोर पक्ष बन्न पुगेको छ।

‘पागल’लाई सार्विक क्षमता र ‘यात्री’लाई मानवीय पक्षका हिसाबले जीवन्त मान्छन् महेश। ‘कथा चाहिँ उनको रहर हो। देवकोटाको त्यस्तो कुनै कथा छैन, जुन नेपाली प्रतिनिधि कथामा राख्न सकियोस्,’ उनी टिप्पणी गर्छन्, ‘सीमित महाकाव्य र खण्डकाव्यबाहेक कथा, फुटकर कविता र गद्य कवितामा उनलाई त्यति खोजिएन। उपन्यास त उनी असफलै भए, जुन सीमा उनी आफैले निम्त्याएका हुन्।’ 

अहिलेको पुस्ताका कविले देवकोटाको महाकाव्य पढ्छन् भनेर विश्वास गर्दैनन् अर्का कवि स्वप्निल स्मृति। 'पाठ्यक्रममा राखिएकाले धेरै विद्यार्थीले उनको खण्डकाव्य, महाकाव्य पढेका होलान्,' उनी भन्छन्, 'शाब्दिक जटिलता, संस्कृतबहुल शब्दप्रयोग आदिले नयाँ पुस्तालाई उनका काव्यक कठिन लाग्छ।'

एकपटक शंकर लामिछानेलाई देवकोटाले लगातार चार घन्टामा पाँच वटा कथा लेखेर दिएका थिए, जुन सन्दर्भ लामिछानेको निबन्धसंग्रह ‘बिम्ब–प्रतिबिम्ब’मा उल्लेख छ। जहाँ लामिछाने लेख्छन्, ‘हामीलाई जीवनमा आफ्ना घटनाहरु सुनाउँदा बीच–बीचमा अड्नुपर्छ, उहाँ भने कल्पनाको आधारमा कसरी नयाँ प्लट, नयाँ शब्द एकदमै नदोहोर्याई काटकुट नगरी, नअकमकाई भन्दै जानुहुन्छ कुनै किताब पढेझैं। सायद त्यसभन्दा पनि छिटो मैले शर्टहायन्ड जानेको भए, या रेकर्डिङ गर्ने मसीन भएको भए, मलाई आशा छ र विश्वास पनि, त्यस ४–५ घन्टाको अवधिमा १२ वटै कहानी लिएर आउने थिएँ।’

उनको यस्तो कल्पनाशीलता र मेहनतले प्रतिभा देखिए पनि कथाकार व्यक्तित्व दिगो बन्न नसकेको मनुको बुझाइ छ। सबै विधामा कलम चलाउनु नै देवकोटाको कमजोरी ठान्छन् उनी। ‘खण्डकाव्य, महाकाव्यमा निपुण थिए, निसन्देह उनी विश्वस्तरका निबन्धकार हुन्,’ उनी भन्छन्, ‘कथा, नाटक, उपन्यासमा हात हाल्नुको सट्टा कविता र निबन्धमा समय दिएको भए नेपाली साहित्यले अरु महान् कृति पाउने थियो।’  

तीन महिनामै ‘शाकुन्तल’ महाकाव्य, १० दिनमा ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्न सक्ने क्षमता भएका देवकोटाका लागि त्यही तीव्र भावप्रवाह कतिपय अवस्थामा कमजोर पक्ष बन्न पुगेको छ। कवि नवराज भन्छन्, ‘उनले सार्वजनिक गर्न निकै हतार गरेका हुन्। एकचोटि मात्र दोहोर्‍याएर पढेको भए वा सम्पादन गरेको भए हामीले अझ धेरै मास्टरपिस कविता उनीबाट पाउने थियौं।’ 

सबै विधामा पोख्त मानिस कतै न कतै चिप्लिएकै हुन्छ। एउटा लेखक अलराउन्डर हुन सक्ने कुरै भएन। ‘हामीले पढ्दा कमजोरीसहित कुनै किताब आएको छ भने त त्यो लेखकको दोष हो,’ समालोचक महेशले भने, ‘देवकोटाका पनि त्यस्तो धेरै किताब छन्, जुन अझ परिमार्जन भएर आउनुपर्थ्यो।’

अद्भुत प्रतिभा
अस्तव्यस्त कोठा। एकातिर चुरोटका ठुटा अर्कातिर छरपस्ट पुस्तकहरु। घोत्लिएर निरन्तर लेखन पठनमा व्यस्त देवकोटाको जीवनशैली अनौठो थियो। निरन्तर अंग्रेजीमा प्रशिक्षण दिन सक्नु उनको अर्को खुबी। रुसको तासकन्दमा भएको साहित्य सम्मेलनमा उनले दिएको प्रवचनबाट विभिन्न देशबाट आएका सहभागी प्रभावित भएको अहिले पनि सम्झन्छन्, राष्ट्रकवि माधवप्रसाद घिमिरे।

लामो कालखण्डदेखि अन्तर्राष्ट्रियस्तरमा चिनिने नेपाली लेखकमा देवकोटा नै एक हुन्। रुसी वा चिनियाँ भाषामा अनूदित कृतिमार्फत पनि उनी अझ विस्तारित भइरहेका छन्।
देवकोटाको पालामा आएर जसरी गद्य लेखनको प्रयोग भयो, त्यसपछाडि मात्रै गद्यले उचाइ लिन थालेको मनु बताउँछन्। ‘त्यसबेलासम्म निबन्धको कुनै लेभल नै थिएन, जब उनको हातमा पर्यो निबन्ध विश्वस्तरको लेखिन थालियो।’ उनकै प्रेरणाबाट शंकर लामिछानेहरु अगाडि देखिए।

उनको समयमा संख्यात्मकसँगै गुणात्मक साहित्यको माग अवश्य थियो। गुणवत्ता कायम गरेर लेख्ने कम थिए। 'उनले त्यो अभाव पूर्ति गर्न सक्दो लेखेकै हुन्,' स्वप्निल भन्छन्, 'कविताको त्यो कालखण्डभर उनी छाइरहे। कतै अभाव हुन दिएनन्।' 

महेश भने ‘लक्ष्मी’ निबन्धसंग्रहलाई बौद्धिक क्षमताको सिर्जना मान्छन्। वैश्विक चेतना, मानवतावाद र झर्रा लोकशब्दको प्रयोगले सिर्जना कति सशक्त हुन्छ भनेर देवकोटाबाट धेरै सिक्न सकिने उनको बुझाइ छ।

राणाशासनको यथास्थितिवादी युगबाट अगाडि बढेर उनले क्रान्तिकारी चेत विस्तार गरे। जातीय छुवाछुतको विरोधमा होस् वा अन्तरजातीय विवाहको पक्षमा; उनी काव्यमार्फत विभेदका पर्खाल तोड्न निरन्तर लागिरहे। 

उनको असफल भनिएको नाटकमै पनि मानवीय पक्ष निकै सबल रहेको मनुको ठम्याइ छ। ‘साहित्यको मुटु मानवतावाद नै हो,’ नयाँ पुस्ताका कविलाई उनको सुझाव छ, ‘कला र जीवन्त कल्पनाको पक्ष बेजोड संगम भए विशिष्ट साहित्य सिर्जना हुने रहेछ, जुन देवकोटाबाट सिक्न सकिन्छ।’

देवकोटा आफैमा सर्वगुणसम्पन्न होइनन्। तथापि कमजोरीको घेराभित्रै रहेर उनले आफ्नो प्रतिभालाई तिखारिइरहे। उनको क्षमतालाई लिएर कतिपयले ‘नेपालमा जन्मिनु भौगोलिक त्रुटि’ समेत भन्ने गरेका छन्। जेसुकै भए पनि नेपाली काव्य र निबन्ध विधाका जादूगर देवकोटालाई आजसम्म सम्झिइनु उनको निरन्तरको साधना, ग्राम्य परिवेशप्रतिको मोह र समाजसापेक्ष विश्वदृष्टि नै हो।

अंग्रेजी साहित्यका महान् कवि शेक्सपियरमाथि पनि धेरै आलोचनात्मक अनुसन्धान भए। त्यसले नै उनलाई बहसमा निरन्तर उभ्याइह्यो। त्यसैले, कुनै लेखकलाई सिर्जनात्मक आलोचनाको आँखाले नहेरेसम्म उसको प्रतिभालाई पर्गेल्न सकिन्न, नत्र ऊ कुनै पनि बेला सिद्धिन सक्छ।

यो पनि पढ्नुहोस्-

यस्ता थिए महाकवि
जो महाकवि देवकोटालाई ‘देउता’ मान्छन्
ती हाम्रा दिन गै गए!
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म
महाकवि बाँचिरहेका भए!
देवकोटा : नेपाली साहित्यका मिथक
नेपाली साहित्यकाशका तारा

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०७४  ०७:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचन सम्पन्न भएकोमा राष्ट्रपति पौडेलद्वारा धन्यवाद व्यक्त
कांग्रेसले दियो निर्वाचनमा सहभागी भएकोमा सबैलाई धन्यवाद
६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
निर्वाचन सम्पन्न भएकोमा राष्ट्रपति पौडेलद्वारा धन्यवाद व्यक्त बिहीबार, फागुन २१, २०८२
कांग्रेसले दियो निर्वाचनमा सहभागी भएकोमा सबैलाई धन्यवाद बिहीबार, फागुन २१, २०८२
६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान बिहीबार, फागुन २१, २०८२
काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी बिहीबार, फागुन २१, २०८२
दोलखाको मालुमा रोकिएको मतदान फेरि सुरु बिहीबार, फागुन २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
बालेनलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर काठमाडौंमै फिर्ता बिहीबार, फागुन २१, २०८२
उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्कियो बिहीबार, फागुन २१, २०८२
सर्लाही ४ मा मतदान सुरु हुनेबितिकै विवाद बिहीबार, फागुन २१, २०८२
बागलुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसियो बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्