• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

महाकविमाथि चार युवाकविको टिप्पणीः कमजोरीबाट उम्किन सकेनन् देवकोटा

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २, २०७४  ०७:४१
1140x725

काठमाडौं– महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘शाकुन्तल’ महाकाव्यको भूमिका (वक्तव्य) मा लेखेका छन्, ‘पण्डितहरुलाई ठाउँ–ठाउँमा आधुनिकताले तर्साउँछ, ग्र्याजुएटलाई संस्कृतले, साधारण पाठकलाई विचारको र शब्दको क्लिष्ट नवीनताले। म पर्छु बीचको शून्यमा। लोकप्रियता टाढै रहोस्, बुझेर पढिदिने एक हातको औंलामा गन्न पाए काफी छ।’

लोकलयको झ्याउरे छन्दमा सरस ‘मुनामदन’ लेख्ने उनै देवकोटाले शाकुन्तलमा आफैं किन प्रस्टीकरण दिनुपर्‍यो होला? जहाँ उनले अपेक्षा गरेका छन्- शाकुन्तल बुझेर पढ्ने ‘पाँच जना’ भए पुग्यो! 

देवकोटा सरल कि क्लिष्ट? मानवतावादी कि प्रगतिवादी? ईश्वरवादी या प्रकृतिवादी? उनको भौतिक शरीर विलीन भएको झन्डै साढे पाँच दशक पछिसम्म पनि बहस सेलाएको छैन। आखिर देवकोटा कस्ता रहस्यमयी कवि हुन्?

‘वास्तवमा देवकोटा धेरैले नबुझीकन चिनेको र थोरैले बुझेर चिनेका कवि हुन्,’ कवि मनु मन्जिल भन्छन्, ‘साँच्चिकै विश्वस्तरका साहित्यकार हुन् उनी। नेपालमा अट्न सकेनन् या हामीले उनलाई बुझ्न सकेनौं।’ 

लाखौं प्रति बिक्री भएको मुनामदनका लेखकबारे धेरैलाई थाहा छैन, तर ‘क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन, मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ सबैको जिब्रोमा झुन्डिएको छ। लोकजीवनको सरल भाषा र त्यसैमा उच्चतम गहिराइले नै मुनामदन लोकप्रिय बन्न सक्यो। 

कवि नवराज पराजुली त हरेकपटक मुनामदन पढ्दा रोएका रहेछन्। ‘कैयौंचोटि पढेँ हूँला, त्यसबेला मेरा आँखा रसाएकै हुन्थे,’ उनले भने, ‘भित्री हृदयसम्म छोएको थियो मुनामदनले तर शाकुन्तल पढ्न नसकेर मैले बीचमै छाडिदिएको छु।’ यतिसम्म कि 'देवकोटेली शैली'का कविता बुझ्न शब्दकोश नै पल्टाउनुपर्यो। ‘उनका कतिपय गद्य कविता पनि जटिल छन्, म अंग्रेजीमै मास्टर्स गरेको मान्छेले पनि उनका अंग्रेजी कविताका शब्दहरु फोर्न सकिनँ,’ उनी स्विकार्छन्।

निरन्तर लेखिरहने, आफूले लेख्न नभ्याएपछि सहयोगी राखेर लेख्न लगाउने देवकोटाका सबै कृति प्रकाशनमा छैनन्, जति सार्वजनिक छन् सीमित चर्चामा छन्।

समालोचकहरुले त देवकोटाका कवितालाई हाडेओखरसँग तुलना गरेका छन्। उनलाई बुझ्न ओखर फोड्नैपर्छ, तब पो ओखरको स्वाद लिन पाइन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाली, संस्कृत, अंग्रेजी, हिन्दी, नेवारी लगायत धेरै भाषाका ज्ञाता देवकोटाका कविता सबै भाषा अन्तरघुलनबाटै पूर्ण बनेका छन्। तथापि लेख्न थालेपछि धाराप्रवाह बहिरहने, कल्पनाको उच्च वेग अनि पूर्वीय-पाश्चात्य मिथको प्रयोगले उनका सबै सिर्जना उत्तिकै सम्प्रेष्य छैनन्।

‘आफ्नो समयभन्दा कैयौंपछिसम्म सोच्न सक्ने क्षमता थियो उनमा,’ कवि मनुको तर्क छ, ‘ग्रिसेलीदेखि पूर्वीय मिथलाई पनि विशिष्ट प्रयोग गरेका छन्, जबकि त्यसबेला साहित्य बुझ्न सक्ने नै कति थिए र!’

निरन्तर लेखिरहने, आफूले लेख्न नभ्याएपछि सहयोगी राखेर लेख्न लगाउने देवकोटाका सबै कृति प्रकाशनमा छैनन्, जति सार्वजनिक छन् सीमित चर्चामा छन्। जीवनको कुनै मोडमा उनले भनेका थिए, ‘मुनामदन बाहेक मेरा सबै कृति जलाइदिनू।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनका महाकाव्यलाई कोट्याउन नसकेका कवि पराजुलीको बुझाइ छ, ‘मुनामदन सबैका लागि सम्प्रेष्य भइदियो तर अरु कृति सबैले बुझेनन् या पुग्न सकेन। त्यही भएर पनि उनलाई मुनामदनको त्यतिविधि लोभ जागेको हुन सक्छ।’

कुनै लोकलयमा यति महान् काव्य (मुनामदन) लेखिनु विश्वमै दुर्लभ ठान्छन् मनु। पुरानो समय र साधारण मानिसको जीवन समातेर प्रयोग गर्ने देवकोटाको चेतनाबाट प्रभावित उनी भन्छन्, ‘उनको विश्वचेत र भाषाको वैशिष्ट्य त्यो बेलाको नेपालमा सेल हुन गाह्रो थियो। हुन सक्छ, त्यही सोचेर उनले लोकलयमा मुनामदन लेखे।’

कमजोरीले घेरिएका देवकोटा 
साहित्यका जुनसुकै विधामा हात हालेका छन्, देवकोटाले। दर्जनभन्दा बढी खण्डकाव्य र ६ महाकाव्य लेखेका उनले बालकविता संग्रह, लघुकाव्य, गीतिनाटक, कथा, निबन्ध, उपन्यासमा समेत कलम चलाए। तर उनी सबैमा सफल हुन सकेनन्। विधागत विस्तारमा उनी छरिए, जहाँ उनको प्रतिभा पातलिँदै गयो। 

कवि तथा समालोचक महेश पौड्याल त केही कविताबाहेक देवकोटाका फुटकर कवितालाई चुट्किलाको निर्मम संज्ञा दिन हिचकिचाउँदैनन्। ‘देवकोटा महाकाव्य र खण्डकाव्यमा त राम्रैगरी उभिए,' उनको टिप्पणी छ, 'तर उनका धेरै कविता एकदमै सतही लाग्छन्, न सामयिक बोध छ न त काव्यिक चेत।’

देवकोटाका ‘दाल भात डुकु’, ‘साँढे’, ‘ताल्चा’ तथा माओ त्से तुङ र महात्मा गान्धीमाथि लेखिएका कविताले अहिले कुनै अर्थ नराख्ने बताउँछन् उनी, ‘त्यस्ता अरु कविता पनि छन्, जो एउटा समयरेखाका लागि उपयुक्त थिए होलान्; तर तिनको सान्दर्भिकता सकियो।’

तीन महिनामै ‘शाकुन्तल’ महाकाव्य, १० दिनमा ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्न सक्ने क्षमता भएका देवकोटाका लागि त्यही तीव्र भावप्रवाह कतिपय अवस्थामा कमजोर पक्ष बन्न पुगेको छ।

‘पागल’लाई सार्विक क्षमता र ‘यात्री’लाई मानवीय पक्षका हिसाबले जीवन्त मान्छन् महेश। ‘कथा चाहिँ उनको रहर हो। देवकोटाको त्यस्तो कुनै कथा छैन, जुन नेपाली प्रतिनिधि कथामा राख्न सकियोस्,’ उनी टिप्पणी गर्छन्, ‘सीमित महाकाव्य र खण्डकाव्यबाहेक कथा, फुटकर कविता र गद्य कवितामा उनलाई त्यति खोजिएन। उपन्यास त उनी असफलै भए, जुन सीमा उनी आफैले निम्त्याएका हुन्।’ 

अहिलेको पुस्ताका कविले देवकोटाको महाकाव्य पढ्छन् भनेर विश्वास गर्दैनन् अर्का कवि स्वप्निल स्मृति। 'पाठ्यक्रममा राखिएकाले धेरै विद्यार्थीले उनको खण्डकाव्य, महाकाव्य पढेका होलान्,' उनी भन्छन्, 'शाब्दिक जटिलता, संस्कृतबहुल शब्दप्रयोग आदिले नयाँ पुस्तालाई उनका काव्यक कठिन लाग्छ।'

एकपटक शंकर लामिछानेलाई देवकोटाले लगातार चार घन्टामा पाँच वटा कथा लेखेर दिएका थिए, जुन सन्दर्भ लामिछानेको निबन्धसंग्रह ‘बिम्ब–प्रतिबिम्ब’मा उल्लेख छ। जहाँ लामिछाने लेख्छन्, ‘हामीलाई जीवनमा आफ्ना घटनाहरु सुनाउँदा बीच–बीचमा अड्नुपर्छ, उहाँ भने कल्पनाको आधारमा कसरी नयाँ प्लट, नयाँ शब्द एकदमै नदोहोर्याई काटकुट नगरी, नअकमकाई भन्दै जानुहुन्छ कुनै किताब पढेझैं। सायद त्यसभन्दा पनि छिटो मैले शर्टहायन्ड जानेको भए, या रेकर्डिङ गर्ने मसीन भएको भए, मलाई आशा छ र विश्वास पनि, त्यस ४–५ घन्टाको अवधिमा १२ वटै कहानी लिएर आउने थिएँ।’

उनको यस्तो कल्पनाशीलता र मेहनतले प्रतिभा देखिए पनि कथाकार व्यक्तित्व दिगो बन्न नसकेको मनुको बुझाइ छ। सबै विधामा कलम चलाउनु नै देवकोटाको कमजोरी ठान्छन् उनी। ‘खण्डकाव्य, महाकाव्यमा निपुण थिए, निसन्देह उनी विश्वस्तरका निबन्धकार हुन्,’ उनी भन्छन्, ‘कथा, नाटक, उपन्यासमा हात हाल्नुको सट्टा कविता र निबन्धमा समय दिएको भए नेपाली साहित्यले अरु महान् कृति पाउने थियो।’  

तीन महिनामै ‘शाकुन्तल’ महाकाव्य, १० दिनमा ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्न सक्ने क्षमता भएका देवकोटाका लागि त्यही तीव्र भावप्रवाह कतिपय अवस्थामा कमजोर पक्ष बन्न पुगेको छ। कवि नवराज भन्छन्, ‘उनले सार्वजनिक गर्न निकै हतार गरेका हुन्। एकचोटि मात्र दोहोर्‍याएर पढेको भए वा सम्पादन गरेको भए हामीले अझ धेरै मास्टरपिस कविता उनीबाट पाउने थियौं।’ 

सबै विधामा पोख्त मानिस कतै न कतै चिप्लिएकै हुन्छ। एउटा लेखक अलराउन्डर हुन सक्ने कुरै भएन। ‘हामीले पढ्दा कमजोरीसहित कुनै किताब आएको छ भने त त्यो लेखकको दोष हो,’ समालोचक महेशले भने, ‘देवकोटाका पनि त्यस्तो धेरै किताब छन्, जुन अझ परिमार्जन भएर आउनुपर्थ्यो।’

अद्भुत प्रतिभा
अस्तव्यस्त कोठा। एकातिर चुरोटका ठुटा अर्कातिर छरपस्ट पुस्तकहरु। घोत्लिएर निरन्तर लेखन पठनमा व्यस्त देवकोटाको जीवनशैली अनौठो थियो। निरन्तर अंग्रेजीमा प्रशिक्षण दिन सक्नु उनको अर्को खुबी। रुसको तासकन्दमा भएको साहित्य सम्मेलनमा उनले दिएको प्रवचनबाट विभिन्न देशबाट आएका सहभागी प्रभावित भएको अहिले पनि सम्झन्छन्, राष्ट्रकवि माधवप्रसाद घिमिरे।

लामो कालखण्डदेखि अन्तर्राष्ट्रियस्तरमा चिनिने नेपाली लेखकमा देवकोटा नै एक हुन्। रुसी वा चिनियाँ भाषामा अनूदित कृतिमार्फत पनि उनी अझ विस्तारित भइरहेका छन्।
देवकोटाको पालामा आएर जसरी गद्य लेखनको प्रयोग भयो, त्यसपछाडि मात्रै गद्यले उचाइ लिन थालेको मनु बताउँछन्। ‘त्यसबेलासम्म निबन्धको कुनै लेभल नै थिएन, जब उनको हातमा पर्यो निबन्ध विश्वस्तरको लेखिन थालियो।’ उनकै प्रेरणाबाट शंकर लामिछानेहरु अगाडि देखिए।

उनको समयमा संख्यात्मकसँगै गुणात्मक साहित्यको माग अवश्य थियो। गुणवत्ता कायम गरेर लेख्ने कम थिए। 'उनले त्यो अभाव पूर्ति गर्न सक्दो लेखेकै हुन्,' स्वप्निल भन्छन्, 'कविताको त्यो कालखण्डभर उनी छाइरहे। कतै अभाव हुन दिएनन्।' 

महेश भने ‘लक्ष्मी’ निबन्धसंग्रहलाई बौद्धिक क्षमताको सिर्जना मान्छन्। वैश्विक चेतना, मानवतावाद र झर्रा लोकशब्दको प्रयोगले सिर्जना कति सशक्त हुन्छ भनेर देवकोटाबाट धेरै सिक्न सकिने उनको बुझाइ छ।

राणाशासनको यथास्थितिवादी युगबाट अगाडि बढेर उनले क्रान्तिकारी चेत विस्तार गरे। जातीय छुवाछुतको विरोधमा होस् वा अन्तरजातीय विवाहको पक्षमा; उनी काव्यमार्फत विभेदका पर्खाल तोड्न निरन्तर लागिरहे। 

उनको असफल भनिएको नाटकमै पनि मानवीय पक्ष निकै सबल रहेको मनुको ठम्याइ छ। ‘साहित्यको मुटु मानवतावाद नै हो,’ नयाँ पुस्ताका कविलाई उनको सुझाव छ, ‘कला र जीवन्त कल्पनाको पक्ष बेजोड संगम भए विशिष्ट साहित्य सिर्जना हुने रहेछ, जुन देवकोटाबाट सिक्न सकिन्छ।’

देवकोटा आफैमा सर्वगुणसम्पन्न होइनन्। तथापि कमजोरीको घेराभित्रै रहेर उनले आफ्नो प्रतिभालाई तिखारिइरहे। उनको क्षमतालाई लिएर कतिपयले ‘नेपालमा जन्मिनु भौगोलिक त्रुटि’ समेत भन्ने गरेका छन्। जेसुकै भए पनि नेपाली काव्य र निबन्ध विधाका जादूगर देवकोटालाई आजसम्म सम्झिइनु उनको निरन्तरको साधना, ग्राम्य परिवेशप्रतिको मोह र समाजसापेक्ष विश्वदृष्टि नै हो।

अंग्रेजी साहित्यका महान् कवि शेक्सपियरमाथि पनि धेरै आलोचनात्मक अनुसन्धान भए। त्यसले नै उनलाई बहसमा निरन्तर उभ्याइह्यो। त्यसैले, कुनै लेखकलाई सिर्जनात्मक आलोचनाको आँखाले नहेरेसम्म उसको प्रतिभालाई पर्गेल्न सकिन्न, नत्र ऊ कुनै पनि बेला सिद्धिन सक्छ।

यो पनि पढ्नुहोस्-

यस्ता थिए महाकवि
जो महाकवि देवकोटालाई ‘देउता’ मान्छन्
ती हाम्रा दिन गै गए!
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म
महाकवि बाँचिरहेका भए!
देवकोटा : नेपाली साहित्यका मिथक
नेपाली साहित्यकाशका तारा

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०७४  ०७:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएलकाे पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै
आजका लागि तोकियो अमेरिकी डलरदेखि भारतीय रुपैयाँसम्मको विनिमय दर, के को कतिमा हुन्छ खरिद बिक्री
प्रधानमन्त्री बालेन्द्र शाह एनपीएल उद्घाटनमा सहभागी हुने
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एनपीएलकाे पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै सोमबार, कात्तिक ९, २०८३
आजका लागि तोकियो अमेरिकी डलरदेखि भारतीय रुपैयाँसम्मको विनिमय दर, के को कतिमा हुन्छ खरिद बिक्री सोमबार, कात्तिक ९, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह एनपीएल उद्घाटनमा सहभागी हुने सोमबार, कात्तिक ९, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना सोमबार, कात्तिक ९, २०८३
सरकारी वेबसाइट खुल्न थाले सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
पाकिस्तानी खेलाडीको एनपीएल सहभागिता अन्योलमा आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्