• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

रारा किनारमा घोडाको रफ्तार : चढ्नेलाई रोमाञ्चक, चलाउनेलाई गुजारा

64x64
नेपाल लाइभ आइतबार, मंसिर १६, २०७५  ११:१३
1140x725

रारा– डिल्ली रोकाया मुगुको रारा छायाँनाथ नगरपालिका–९, मुर्मामा बस्छन्। उनी १६ वर्षका भए। कात्तिकको दोस्रो साता आइतबार बिहानै रारा किनारमा भेटिएका उनलाई ‘कुन स्कुलमा पढ्नुहुन्छ?’ भनेर सोध्दा धेरैबेर अकमकिए। उनले स्कुल रहेको स्थान खत्ताड त सम्झिन सके। तर, आफूले पढ्ने स्कुलको नाम भन्न सकेनन्।

११ कक्षामा पढ्ने विद्यार्थीलाई आफू पढ्ने विद्यालयको नाम सम्झना छैन? मनमा अजंगको प्रश्न खडा भयो। एकाएक दिमाग रारा किनारबाट ‘जुम आउट’ भयो र समग्र कर्णाली प्रदेशभर चहार्न खोज्यो। लाग्यो कतै डिल्लीले समग्र कर्णालीकै शैक्षिक स्तरको वर्णन गरिरहेका त छैनन्?

केहीछिनपछि थाहा लाग्यो उनी त रारा किनारका कुशल घोडा चालकमा दरिँदा रहेछन्। त्यसपछि भने दिमाग स्थिर बन्यो। निष्कर्ष निक्लियो – विद्यालयको नाम नजानेर के भयो त, डिल्ली घोडा चलाउन जान्दछन्।

यो सिजनमा उनी रारा किनार आएको मात्र दुई साता भएको छ। भन्छन्, ‘पढाइ छुट्टी छ, यही मेसोमा घोडा लिएर रारा आएको हुँ। मंसिरसम्म यतै हुन्छु।’

डिल्लीजस्तै रारा आसपासका गाउँ झ्यारी, टोब्ला, कार्कीबाडा लगायतका स्थानबाट आई यस क्षेत्रमा घोडा कुदाइरहेका विद्यार्थी भेट्न खासै गाह्रो पर्दैन। रारा किनारमा केहीबेर मात्रै बस्ने हो भने उमेरले कलिला नानीबाबु, महिलादेखि वृद्धले पनि सहजै घोडा चलाएको देख्नु सामान्य लाग्छ। 'स्कुल बिदा भएकाले पनि बच्चाहरु यहाँ आउँछन्। केही रहरले त केही बाबुआमासँगै रमाउन,' डिल्ली भन्छन्, ‘लड्ने, घाउचोट लाग्ने खतरा त हुन्छ नि। तर, सिक्ने बेला अलिअलि त भइहाल्छ नि।’

‘घोडा नै जीविका धान्ने अन्तिम विकल्प’
डिल्लीले जस्तै रारा छायाँनाथ–७, टोब्लाका २० वर्षीय लोकेन्द्र शाहीले पनि रारा किनारमा घोडा चलाउन थालेको १०/१५ दिन मात्रै भयो। नाहुर मावि, गमगढीमा कक्षा १२ मा पढ्ने उनलाई डिल्लीलाई जस्तो आफू पढ्ने विद्यालयको नाम सम्झिँन अप्ठेरो भएन। ‘अहिले दसैं, तिहारको बिदा छ, स्कुल जानुपर्दैन। छुट्टीमा केही आम्दानी हुन्छ भनेर आएको हुँ’, लोकेन्द्र संवादमा जोडिए।

रारामा बैसाख–जेठ तथा असोजदेखि मंसिरसम्म पर्यटकको भिड लाग्छ। आम्दानी हुने सिजन भएका कारण पनि धेरै स्थानीय व्यवसायी  यो समयमा घोडा लिएर रारा आउने  गरेका छन्। घोडा चलाउनबाहेक स्कुल बिदा भएको बेला उनी मजदुरी गर्छन्। खेतीपाती थन्काउने बेला घरमा सघाउँछन्। ‘बारीमा जौ, गहुँ, कोदो, मकै लगाइन्छ। त्यतिले मात्र वर्षभरि खान पुग्दैन’, लोकेन्द्रले भने, ‘त्यसमाथि भीरपाखामा धान फल्दैन। भात खानकै लागि भए पनि मजदुरी नगरी, घोडा नचलाई सुख छैन।’

Ncell 2
Ncell 2
nimb
nimb

केही निराश मुद्रामा देखिएका लोकेन्द्रले रारा आसपास क्षेत्रका धेरैलाई घोडा नै आफ्नो परिवारको जीविका धान्ने अन्तिम विकल्प भएको बताए। राराबाट एक घन्टाको पैदल दुरीमा पर्ने उनको गाउँ टोब्लाबाट मात्रै यस क्षेत्रमा ३० वटा भन्दा बढी घोडा कुद्छन्।

फोटो खिच्नकै लागि घोडचढी
कतिपयका लागि घोडा चढ्नु सामान्य लागे पनि रारामा आएर घोडचढीको मज्जा लिनु नौलो अनुभव हुने गर्दछ। पृष्ठभूमिमा रारालाई राखेर फोटो खिच्नकै लागि अधिकांशले घोडा चढ्ने गरेको हामीले पायौं। 

घोडामा सवार रहेकै अवस्थामा धनकुटाका ईश्वर दाहालले भने, ‘रारा आउँदा आफैंमा स्वर्गीय अनुभूति मिलिरहेछ। त्यसमाथि घोडा चढ्ने अवसर पाउँदा किन गुमाउनु भन्ने लाग्यो।’

Xtrem

Xtrem

दाहालले जस्तै पाल्पाकी अनुशा शर्माले पनि फोटो खिच्नकै लागि घोडा चढेको बताइन्। ‘फिल्ममा निकै साहसीपूर्ण तवरबाट घोडा चलाएको देखेकी थिएँ। रारामा आएर पहिलो पटक प्रत्यक्ष अनुभव गर्न पाएँ’, उनले भनिन्, ‘सुरुमा त डर लागेको थियो, बिस्तारै रमाइलो लाग्दै गयो।’

रारालाई फेरो लगाउने गरी किनारैकिनार बनाइएको बाटो हुँदै जाँदा प्रकृतिका फरक–फरक आयाम र वातावरणसँग जम्काभेट हुन्छ। 'यस्तो स्थानमा सुस्त गतिमा घोडामा सवारी गर्नुको रोमान्चक अनुभूति सायदै अरु चिजबाट मिल्ला,’ उनी भन्छिन्।

रारा आउने पर्यटक मात्रै होइन यहाँ घोडा चलाउने स्थानीयहरुले पनि यसको मजा लिइरहेको देखिन्थ्यो। किनारमा पैदल हिँडिरहेका बेला अचानक 'टकटक… टकटक' आवाज आउँथ्यो। केहीबेरमै तीव्र गतिमा आइरहेका घोडाहरु आफ्नै नजिकबाट गुज्रिन्थे। लाग्थ्यो कोही सम्राट आफ्नो दलबलसहित यात्रामा छ।

यी सबै प्रक्रियाबाट गुज्रिइरहेको रारा किनारको वातावरण हेर्नका लागि पनि उत्तिकै अर्थ राख्थ्यो। त्यसमाथि फोटोग्राफरहरुका लागि त झनै स्वादिष्ट खुराक। 

फोटो खिच्नकै लागि रारा पुगेका काठमाडौंका सुजन गोपालीले यो मौका गुमाउन चाहेनन्। आफ्नो पनि फोटो खिचाए। कहिले सँगै गएका साथी ता कुनैबेला अन्य पर्यटकको सहायतामा फोटो खिचिमागेको अनुभव सुनाउँछन्,। ‘रारा पुगेपछि फोटो नखिची मनै मान्दो रहेनछ। त्यसमाथि घोडचढीको फरक–फरक दृश्य कैद गर्नु यहाँको छुटाउनै नहुने पाटो रहेछ।’ 

फोटो जस्तो सुन्दर छैन घोडा चलाउनेको कथा
रारामा खिचिएका घोडचढीका फोटोहरु जति सुन्दर देखिन्छन्, घोडा चलाउनेहरुको सास्ती पनि कम्ती छैन। 

‘छोटो समय मात्रै चल्ने व्यवसाय भएका कारण, आम्दानीजति घोडा खरिद गर्दा लागेको रिन तिर्न र वर्षभरि दाना खुवाउँदैमा सकिन्छ’, ४३ वर्षका घोडा चालक दानबहादुर बुढाले भने।

रारा छायाँनाथ–९ मुर्माकै स्थानीय बुढाले गएको बैसाखमा ८५ हजार रुपैयाँमा सेतो रङको घोडा किने। त्यसबेला जेठ महिनासम्म चलाए। भदौसम्म पाटन (चरन क्षेत्र) मा छाडे। अनि फेरि सुरु भयो सिजन, बुढा घोडा लिएर रारा आइपुगे। यसबीचमा उनले घोडा किन्दा लागेको ऋण तिरेर सकेका छन्। केही आम्दानी पनि भएको छ। त्यसले दैनिक गुजारा चलाउँछन्।

एउटा घोडाका लागि दैनिक ८/९ सय रुपैयाँ खर्च हुने बताउँछन् उनी।

केके खुवाइन्छ त घोडालाई? 

बुढा संवादमा जोडिन्छन्, ‘जौ, मकै, घाँस तथा धानको भुस।  घोडाले भेली र चना निकै मन पराउँछ। जो पोषिला र शक्ति दिने खानासमेत हुन्। यसमध्ये केही घरमै उत्पादन हुन्छन्। चना, भेली भने बजारबाट किनेर ल्याउनुपर्छ। भौगोलिक कठिनाइका कारण रारासम्म ल्याइपुर्‍याउँदा यी सामान पनि महँगो भैजान्छन्।’

बिहान ५ बजे नै रारा किनारमा घोडा लिएर सेवामा हाजिर हुन्छन् उनी। ‘होटलमा बास बसेका जो सबेरै फर्किन चाहन्छन्, उनीहरुका लागि सजिलो होला भन्ने लागेर सबेरै आउँछु, त्यतिबेलासम्म अरु कोही पनि घोडा लिएर आइसकेका हुँदैनन्’, बुढा भन्छन्, ‘चिसोका कारण अरु त घाम उदाएपछि मात्रै आइपुग्छन्।’

रारा किनारमा फोटो खिच्नकै लागि मात्र घोडा चढेको ५० रुपैयाँ लाग्छ। घोडा व्यवसायीहरु मिलीचौर (बस बिसौनी) बाट करिब ३ किलोमिटरको दुरीमा पर्ने डाँफे होटल पुगेको १ हजार ५ सय रुपैयाँ लिन्छन्। ताल्चाबाट रारासम्मको ४ देखि ५ हजार रुपैयाँ तथा रारा किनारबाट मुर्माटाप (रारा किनारबाट उकालो बाटो छिचोल्दै झन्डै २ घन्टाको पैदल यात्राबाट पुग्न सकिने स्थान, जहाँबाट राराको सम्पूर्ण क्षेत्र तथा हिमशृंखलाहरु सहजै देख्न सकिन्छ) पुगेको २५ सय देखि ३ हजार रुपैयाँसम्म लिने गरिएको घोडा चालक बुढाले बताए। ‘पूरै रारा परिक्रमा गरेको पनि ३ देखि ५ हजारसम्म लिन्छौं’, उनले भने।

रारा किनारमा रहेका २ होटल (डाँफे गेस्ट हाउस र भिलेज हेरिटेज रिसोर्ट) तथा नेपाली सेनाको श्रीदल गणका लागि आवश्यक सामान ओसारपसार गर्न पनि डुंगा तथा घोडाकै प्रयोग गरिन्छ। बुढा भन्छन्, ‘सिजनकै बेला पनि कहिलेकाहीँ त एक रुपैयाँ पनि आम्दानी हुँदैन। कहिले भने पाहुना लानु/ल्याउनुपर्‍यो भन्दै होटलहरुले बोलाउँछन्। त्योबेला भने राम्रो कमाइ हुन्छ।’ 

यातायतको सहज पहुँज नभएका कारण पनि ताल्चा, गमगढी लगायतका स्थानका होटलसम्म पनि उनीहरु पर्यटक ओसार्न खटिन्छन्।

पर्यटक भन्छन्- भाडै चर्को
मिलीचौरबाट डाँफे होटलसम्म घोडा चढेरै पुगेका रुपन्देहीका मिलन पाण्डेले घोडा चढेको भाडा महँगो भएको प्रतिक्रिया दिए। ‘सजिलो र समथर बाटो छ, दुरी पनि त्यति धेरै होइन, तर भाडा भने चर्को’, पाण्डे भन्छन्, ‘सायद सिजन भएर पनि हो कि।’

घोडा किन्दाको मूल्य, पालनपोषणको खर्च र आफ्नो मेहनत हेरिकन घोडाको भाडा बढी नभएको दाबी गर्छन् दानबहादुर बुढा। भन्छन्, ‘बजारमा बसेको भएर महँगो लागेको हुन सक्छ। तर, लेकमा घोडाको पालपोषण र चिसो मौसममा चलाउनु कम कष्टकर हुँदैन। त्यसमाथि वर्षभरि चलाउन पाइने पनि होइन।’

भाडादर छिट्टै तोकिन्छ : निकुञ्ज
घोडाचालकहरु मनपरी भाडा लिइरहेका छन्। जसका कारण पर्यटक मारमा परेका छन्। बुढाले हालसम्म कुनै पनि निकायबाट भाडाका सम्बन्धमा दररेट नतोकिएको जानकारी दिए, ‘अहिलेसम्म आफूखुसी नै भाडा लिइरहेका छौं, अब भने घोडा चलाउनेहरुले पनि समिति बनाएर जाने भन्दैछन्, हेरौं के हुन्छ।’

उता रारा राष्ट्रिय निकुञ्जका रेन्जर यज्ञराज रोकायाले घोडाको भाडामा एकरुपता ल्याउन हालसम्म दररेट तोक्न नसकिएको स्विकारे। ‘घोडाको भाडा महँगो भयो भनेर गुनासा नआएका होइनन्,’ रेन्जर रोकायाले भने, ‘आन्तरिक संयन्त्र परिचालन गर्न नसक्नु र अन्य प्राविधिक कारण ढिलाइ भएको हो।’

रेन्जर रोकायाले छिट्टै रारासम्म पुग्न सकिने र राराबाट बाहिरिने विभिन्न रुटहरुको भाडा तय हुने जानकारी दिए। ‘गएको असोज २९ गतेदेखि रारा घुम्न आउनेहरुका लागि एक सय रुपैयाँ प्रवेश शुल्क लिने व्यवस्था गरिएको छ। घोडाको भाडाका विषयमा पनि छिट्टै नै निर्णय हुनेछ’, उनले भने।

उनले घोडाको भाडा तोक्ने तथा निकुञ्जमा घोडा चलाउने निश्चित कार्यविधि बनाउनुपर्नेमा समेत जोड दिए। भने, ‘यसका लागि स्थानीय तहसम्म पनि समन्वय गरेर अगाडि बढ्नुपर्छ भन्नेमा निकुञ्जले सोचिरहेको छ। यसो गर्दा घोडा व्यवसायी र पर्यटक कसैलाई मर्का पर्दैन।’

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०७५  ११:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्