काठमाडौं– सहिद स्मारक 'ए' डिभिजन लिगमा नेपाल पुलिस क्लब तेस्रो स्थानमा उक्लिएको छ। पुलिसले शुक्रबार भएको खेलमा न्यूरोड टिम (एनआरटी) लाई ३–० गोलले पराजित गर्दै हिमालयन शेर्पा क्लबलाई पछि पारेर तेस्रो स्थानमा कब्जा जमाएको हो।
_x000D_
_x000D_
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुलिस सानदार जित दिलाउने क्रममा नीरकुमार राईले २ गोल गरे। खेलको ४० मिनेटमा नीरकुमारले पहिलो गोल गरेका थिए। उनले हेडमार्फत बललाई जाली चुमाएका थिए।
_x000D_
_x000D_
६६ मिनेटमा अभिषेक रिजालले पुलिसका लागि दोस्रो गोल गरे। उनले सेकेन्ड बार च्यापेर हानेको प्रहारले सिधै गोलपोस्टको दिशा लिएको थियो। ८१ मिनेटमा नीरकुमारले दोस्रो गोल गरेपछि पुलिस ३–० गोलले अघि बढेको थियो।
_x000D_
_x000D_
जितसँगै तेस्रो स्थानको पुलिसले ३ खेलबाट १० अंक जोडेको छ। एक खेल बढी खेलको दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबको पनि १० अंक छ। चौथो स्थानको हिमालयन शेर्पाको पनि १० अंक भएपनि गोलअन्तरमा पुलिस अघि रहेको हो। शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लबको १२ अंक छ।
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।