काठमाडौं– यूएईमा भइरहेको टी–१० लिगको सुरुवाती ३ खेलमा लगातार विकेट लिएका नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने पाँचौ खेलमा महँगो साबित भएका छन्।
_x000D_
_x000D_
केरला नाइट्समा आवद्ध सन्दीपले बिहीबार साँझ नर्थन वारियर्सविरुद्धको खेलमा २ ओभर बलिङ गर्दा ४७ रन खर्चिए भने कुनै विकेट लिन सकेनन्। सन्दीपले खेलमा ७ छक्का खाएका थिए। यसअघि सन्दीपले पन्जाव लिजेन्ड्सविरुद्धको चौथो खेलमा पनि विकेट लिन सकेका थिएनन्। सो खेलमा सन्दीपले २ ओभरमा २८ रन खर्चिएका थिए।
_x000D_
_x000D_
सन्दीपको महँगो बलिङसँगै केरलालाई वारियर्सले सुपर लिगको खेलमा ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ। केरलाले दिएको १ सय २ रनको लक्ष्य वारियर्सले ७.२ ओभरमा २ विकेटको क्षतिमा पार गर्यो। उसका लागि निकोलास पोरानले १८ बलमा २ चौका र ५ छक्काको मद्दतमा नटआउट ४३ रन प्रहार गरे। यस्तै आन्द्रे रसेलले १० बलमा २९ रन जोडे। उनले सातौं ओभरको पहिलो ३ बलमा सन्दीपलाई लगातार ३ छक्का प्रहार गरेका थिए।
_x000D_
_x000D_
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केरलाले २ विकेटको क्षतिमा १ सय १ रन जोड्यो। केरलाका लागि पाउल स्टर्लिङले २८ बलमा ६० रन जोडे।
_x000D_
_x000D_
हारसँगै सन्दीपको टिम केरला सुपर लिगको अंक तालिकामा ५ खेलबाट ३ अंक जोड्दै सातौं स्थानमा छ। अन्तिम २ खेल बाँकी छदा केरला पहिलो चरणबाटै बाहिरिने खतरामा परेको छ।
_x000D_
_x000D_
सन्दीपले आइतबार राजपुत्स्विरुद्ध भएको खेलमा २ विकेट लिएका थिए। त्यसअघि सन्दीपले पोख्तोनविरुद्ध ३ विकेट र सिन्धितविरुद्ध १ विकेट हात पारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।