काठमाडौं– राजधानीमा एक बालकको अपहरणपछि हत्या भएको छ।
_x000D_
_x000D_
गोंगबुमा रहेको त्रिवेणी स्वस्तिका गेष्ट हाउस सञ्चालक प्रदीप कुँवरका ८ वर्षीय छोरा प्रयासको अपहरणपछि हत्या भएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए। एसएसपी सिंहको नेतृत्वमा गएको प्रहरी टोलीले बालकको शव मैपीको पुलमुनि फेला पारको हो।
_x000D_
_x000D_
प्रयासकाे शव जेब्रा झाेलामा राखेकाे अवस्थामा फेला परेकाे थियाे।
_x000D_
_x000D_

_x000D_
_x000D_
घटनामा संलग्न रहेको आशंकामा मृतक कुँवरका बुबाको गाडी चलाउने चालक महेन्द्र सार्कीलाई नियन्त्रणमा लिइएको छ। ‘अनुसन्धानका लागि भनेर हालसम्म महेन्द्र सार्कीलाई पक्राउ गरिएको छ’, एसएसपी सिंहले भने।
_x000D_
_x000D_
प्रयास गत मंगलबारदेखि सम्पर्कमा थिएनन्। प्रयास गेस्ट हाउसबाटै हराएको जानकारी परिवारबाट मिलेपछि प्रहरीले खोजीकार्य तीव्र बनाएको थियो।
_x000D_
_x000D_

_x000D_
_x000D_
हत्या भएका बालक प्रयास कुँवर।
_x000D_
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।