काठमाडौं- पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिप आगामी फागुन अन्तिम साता हुने भएको छ।
_x000D_
_x000D_
दक्षिण एसियाली फुटबल महासंघको ओमानको मस्कटमा बसेको बैठकले महिला साफको मिति टुंगो लगाएको हो। जसअनुसा महिला साफ आगामी फागुन २८ देखि चैत ८ सम्म हुनेछ। प्रतियोगिता विराटनगरको सहिद रंगशालामा सञ्चालन हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। प्रतियोगितामा नेपालसहित सार्क राष्ट्रका टिमले भाग लिनेछन्।
_x000D_
_x000D_
यसअघि दक्षिण एसियाली फुटबल महासंघले प्रतियोगिता आयोजना गर्ने जिम्मा नेपाललाई दिएको थियो।
_x000D_
_x000D_
महिला साफ च्याम्पियनसिप यसअघि श्रीलंकाले आयोजना गर्ने बताइएको थियो। तर अन्तिम समयमा उसले नगर्ने भएपछि नेपालले आयोजनाको जिम्मेवारी पाएको थियो। यसअघिका चार संस्करणको सबै उपाधि भारतले जितेको थियो। नेपाल सुरुवाती ३ संस्करणको फाइनलमा पुगेर पनि भारतसँग पराजित हुँदा उपाधि बिमुख भएको थियो।
_x000D_
_x000D_

_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।