१. नुन–पानीले कुल्ला गर्ने : एक कप मन तातो पानीमा एक चम्चा नुन मिसाएर मुख कुल्ला गर्दा दाँत दुखेको निको गर्छ। नुन–पानीले मुखमा भएका फोहर खानेकुरा हटाएर सफा गरिदिनुका साथै दुखाई निको गर्छ।
_x000D_
_x000D_
२. चिसो प्याक प्रयोग गर्ने : दुखेको दाँतमाथि चिसो कटनको टुक्रा राखेर दुखाईबाट क्षणिक रुपमा बँच्न सकिन्छ।
_x000D_
_x000D_
३.ल्वाङको तेल राख्ने : दाँत दुख्दा ल्वाङको तेल राखेर घरमै उपचार गर्न सकिन्छ। तेल नभएको अवस्थामा ल्वाङको फुललाई नरिवलको तेलमा फुराएर त्यसको धुलो दाँत दुखेको ठाँउमा लगाउन सकिन्छ । यो तेलले दाँत बल्केको वा दुखेको कम गर्छ।
_x000D_
_x000D_
४. तुलसी पत्ताको पेस्ट वा रस लगाउने : दाँत दुखाई रोक्न तुलसी निकै प्रभावकारी मानिन्छ। एक मुठी तुलसीको पात टिपेर राम्रोसँग पखाली त्यसलाई मसिनो गरि पिसेको पेस्ट वा रस दुखेको ठाँउमा लगाउँदा दुखाई निको गर्छ । तुलसीको रसले दाँत दुखाईबाट उत्पन्न हुने ज्वरोसमेत निको गर्छ। तुलसीको रसलाई कटनको कपडामा दलेर दुखेको ठाउँमा लगाउन सकिन्छ।
_x000D_
_x000D_
५. निमपत्ता : ताजा निमको पातलाई पखालेर नुन मिसाई पिसेको लेदोलाई दाँत दुखेको ठाउँमा लगाउँदा निको गर्छ। निमको पातमा व्याक्टेरियाबिरुद्ध लड्ने गुणसमेत हुने भएकाले निमपत्ता दुखाई कम गर्ने प्रभावकारी घरेलु उपाय हो। हरियो निमपत्ता नभएमा सुकेको पातलाई पानीमा पकाएर सो मन तातो पानीले कुल्ला गर्न सकिन्छ । दैनिक तीनपटक मन तातो पानीले कुल्ला गर्नुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।