जनकपुर– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकारले आफ्नै शिक्षा नीति बनाउने बताएका छन्।
_x000D_
_x000D_
बुधबार उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले जनकपुरमा आयोजना गरेको सुझाब संकलन तथा कार्यशाला कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मुलुकको संविधानले आफ्नै शिक्षा नीति बनाउने अधिकार दिसकेको हुनाले प्रदेश २ सरकारले आफ्नै शिक्षा नीति बनाउने बताएका हुन्।
_x000D_
_x000D_
कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेशको शैक्षिक अवस्था एकदम दयनीय रहेको भन्दै गुणस्तरीय शिक्षाको अभाव रहेको बताए। उनले भने, ‘प्रदेश २ मा गुणस्तरीय शिक्षा राष्ट्रिय शिक्षा नीतिले दिन सक्दैन्। त्यसकारण प्रदेश २ को आफ्नै शिक्षा नीति हुन्छ।
_x000D_
_x000D_
प्रदेश २ को विभिन्न ठाँउको सरकारी शैक्षिक संस्थाको वर्तमान र विगतको अवस्था, प्रदेश २ मा शिक्षा विकासको अवरोधका तत्वहरु बारे चर्चा गर्दै ती सबै अवरोधका तत्वहरुलाई निर्मुल पार्न प्रदेशले आफ्नै शिक्षा नीति बनाउने मुख्यमन्त्री राउतले उल्लेख गरे।
_x000D_
_x000D_
गरिब, असहाय र अशिक्षित अभिभावकको बालबालिकालाई कसरी विद्यालयमा नियमित उपस्थिति गराउने, कस्तो वातावरण बनाएर पढाउनुपर्छ त्यो कुरालाई सम्बोधन हुने गरी उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगलाई शिक्षा नीति तयार पार्न मुख्यमन्त्री राउतले सुझाब दिए।
_x000D_
_x000D_
विद्यालय तहमा कम्तिमा स्नातक पास शिक्षक मात्र राख्ने प्रावधान बनाइ शिक्षा नीति तयार गर्नुपर्ने मुख्यमन्त्री राउतको भनाइ छ।
_x000D_
_x000D_
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य प्राध्यापक डा. विद्यानाथ कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा आयोजक संस्थाको सदस्य प्राध्यापक डा. सुजनबाबु मरहठ्ठाले राष्ट्रिय शिक्षा नीतिको खाका प्रस्तुत गरेका थिए।
_x000D_
_x000D_
कार्यक्रममा सामाजिक विकास मन्त्री नवल किसोर साह, राज्यमन्त्री अभिराम शर्मा, सामाजिक विकास मन्त्रालयका सचिवहरू, नगरकी उपमेयर रिता झा लगायतको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।