एजेन्सी– युरोपियन च्याम्पियन्स लिगको समूह 'सी' को खेलमा फ्रेञ्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले इंग्लिस क्लब लिभरपुललाई हराएको छ।
_x000D_
_x000D_
पिएसजीले आफ्नो घरेलु मैदानमा बुधबार राति भएको खेलमा लिभरपुललाई २–१ गोलले पराजित गरेको हो। पिएसजीका लागि जुवान वेर्नाटले १३ मिनेटमा पहिलो गोल गरेका थिए। ३७ मिनेटमा नेइमारले पिएसजीको अग्रता दोब्बर पारे। पहिलो हाफको इन्जुरी टाइममा लिभरपुलका लागि जेम्स मिल्नरले पेनाल्टीमार्फतगोल फर्काएका थिए।
_x000D_
_x000D_

_x000D_
_x000D_
यो समूहको अर्को खेलमा इटालियन क्लब नापोलीले रेड स्टार बेल्ग्रेडलाई ३–१ गोलले हराएको छ। नापोलीका लागि मारिक हाम्सेकले ११ मिनेटमा गोल गरेका थिए। यस्तै मार्टिन्सले ३३ र ५२ मिनेटमा गोल गर्दा नापोली सहज अवस्थामा देखिएको थियो। रेड स्टारका लागि बेन नाबोउहानेले ५७ मिनेटमा गोल गरेपनि त्यो खेलमा फर्कान पर्याप्त हुन सकेन।
_x000D_
_x000D_

_x000D_
_x000D_
लिगको अन्तिम खेलअघि समूहको शीर्ष स्थानमा रहेको नापोलीको ९ अंक छ। पिएसजीको ८ र लिभरपुलको ६ अंक छ। रेड स्टार भने ४ अंक जोड्दा समूह चरणबाटै बाहिरिएको छ। अब लिगको अन्तिम चरणको खेलपछि नापोली, पिएसजी र लिभरपुल मध्ये २ टिम अन्तिम १६ मा पुग्ने टुंगो लाग्नेछ।
_x000D_
_x000D_
अन्तिम खेलमा लिभरपुल र नापोली तथा पिएसजी र रेड स्टारबीच खेल हुनेछ। लिभरपुल र पिएसजीलाई जितको खाँचो छ भने नापोलीलाई बराबरी भए पुग्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।