अफगानिस्तान– अफगानिस्तानको पूर्वी घाज्नी प्रान्तमा सुरक्षाकर्मीको कारबाहीमा परि २६ भन्दा बढी लडाकू मारिएका छन्।
_x000D_
_x000D_
तालिबान लडाकूहरुको अखडामा भएको आक्रमणमा परि अरू २० जनाभन्दा बढी घाइते भएको अधिकारीहरुले जनाएका छन्।
_x000D_
_x000D_
सेनाले बुधबार जारी गरेको वक्तव्यका अनुसार सेनाले तालिबान लडाकूहरु त्यहाँ रहेको थाहा पाएरै आक्रमण गरेको थियो।
_x000D_
_x000D_
सेनाले अन्डार, गिलान, क्वार्जाघलगायतका जिल्लाका विभिन्न ठाउँमा आक्रमण गरेको वक्तव्यमा उल्लेख छ।
_x000D_
_x000D_
लडाकूहरुले प्रयोग गर्ने हातहतियार र अन्य बन्दोबस्तीका सामग्री पनि नष्ट गरिदिएको सेनाले जनाएको छ।
_x000D_
_x000D_
घटनाका बारेमा तालिबान लडाकूहरुको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।