पीरो मन पराउनेका लागि हरियो खुर्सानी बिनाको खाना मीठै लाग्दैन । धेरैले खुर्सानी स्वादका लागि खाने गरेका छन् । तर, खुर्सानीमा लाभकारी गुण भएको कमैलाई जानकारी होला ।
_x000D_
_x000D_
हरियो खुर्सानीमा भिटामिन सी पर्याप्त मात्रामा हुन्छ । भिटामिन सीले अरु भिटामिनलाई शरीरमा राम्ररी पचाउन सघाउँछ ।
_x000D_
_x000D_
यो एन्टी–अक्सिीडेन्टका राम्रो माध्यम हो ।
_x000D_
_x000D_
हरियो खुर्सानीमा डाइट्री फाइबर्स प्रचुर मात्रामा हुन्छ । जसले पाचन क्रिया सुचारु गर्न मद्दत पुर्याउँछ ।
_x000D_
_x000D_
भिटामिन ए भरपूर भएको हरियो खुर्सानीले आँखा तेजिलो र छाला चम्किलो बनाउँछ ।
_x000D_
_x000D_
कति अध्ययनले हरियो खुर्सानीले ब्लड सुगर कम गर्ने पत्ता लगाएका छन् ।
_x000D_
_x000D_
हरियो खुर्सानीमा क्याप्साइसिन नामक एक तत्व पाइन्छ जो प्रोस्ट्रेट क्यान्सरबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छ ।
_x000D_
_x000D_
यसमा रहेको तत्वले छाला सफा बनिरहन्छ । डन्डीफोर आउन दिँदैन ।
_x000D_
_x000D_
- पेटको समस्या छ भने चिकित्सकको सल्लाहमा मात्र खुर्सानी खानु होला ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।