काठमाडौं- काठमाडौमा हुन लागेको एसिया प्यासिफिक समिटलाई लक्षित गरी सरकारले भोली बिहीबारदेखि जोर-बिजोर प्रणाली लागू गर्न लागेको प्रति युवाहरुको एक संस्था युथ कंग्रेसले आपत्ति जनाएको छ।
_x000D_
_x000D_
संस्थाले आज विज्ञप्ति जारी गर्दै भोली १३ गते देखि १६ गते सम्मका लागि घोषणा गरिएको जोर-बिजोरको व्यवस्थाप्रति आपत्ति जनाएको हो।
_x000D_
_x000D_
राज्यको कार्यक्रम नभई अन्तर्राष्ट्रिय गैर-सरकारी संस्थाले आयोजना गरेको कार्यक्रमका लागि राज्यले जनतालाई दुःख दिने कुरा मान्य नभएको युथ कंग्रेसको भनाइ छ।
_x000D_
_x000D_
युथ कंग्रेसका राष्ट्रिय संयोजक सचिन तिमल्सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'राज्यसँग सम्बन्धित कार्यक्रमका लागि मुलुकबासीले हरेक पटक जस्तोसुकै कष्ट सहेकै हो। तर अहिले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गरेको सम्मेलनका निम्ति आम नेपाली जनताले किन सास्ती बेहोर्ने ?'
_x000D_
_x000D_
सरकारको निर्णयलाई अवज्ञा गर्ने घोषणा गर्दै युथ कंग्रेसले जोरविजोर प्रणालीको अवज्ञा गर्न आह्वान समेत गरेको छ।
_x000D_
_x000D_
आगामी शुक्रबारदेखि १७ गतेसम्म काठमाडौंमा हुन लागेको एसिया प्यासिफिक समिटमा विभिन्न देशका विशिष्ट व्यक्तिहरू आउने भएकाले यातायात व्यवस्थापनका लागि बिहीबारदेखि १६ गते सम्म राजधानीमा जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधान चलाउन पाईने व्यवस्था गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।