काठमाडौं- यस वर्षको एसइई परीक्षा चैत १० गते आइतबारबाट सुरु हुने भएको छ।
_x000D_
_x000D_
राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले उक्त मितिबाट कक्षा १० को अन्तमा लिइने एसइई परीक्षा लिने निर्णय गरेको हो। बिहान आठ बजेदेखि सुरु हुने परीक्षा ११ बजेसम्म संचालन हुनेछ। एसइई परीक्षा चैत २१ गते बिहिबार सम्पन हुनेछ।
_x000D_
_x000D_
कक्षा १० का नियमित ग्रेडवृद्धि तथा प्राविधक विषयको परीक्षा एकसाथ सुरु हुने परीक्षा नियन्त्रण कार्यालयबाट जारी सूचनामा उल्लेख गरिएको छ।
_x000D_
यस्तो छ परीक्षा तालिका
_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।