काठमाडौं– नेपाल र भारत काठमाडौंमा जारी दक्षिण एसियाली यू–२१ ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम इभेन्ट्सको उपाधि नजिक पुगेका छन्।
_x000D_
_x000D_
नेपालले सेमिफाइनलमा बंगलादेशलाई ३–० को जित निकाल्दै उपाधि नजिक पुगेको हो। नेपालका नविन श्रेष्ठले पुरुष एकलमा बंगलादेशका गौरव सिंहलाई २१–१३, १८–२१ र २१–१८ ले पराजित गरे। यस्तै महिलातर्फ रशिला महर्जनले बंगलादेशकी फारविन विन्ते ईमडाडलाई २१–८, २१–५ ले तथा नविन श्रेष्ठ र प्रिन्स दाहालको जोडीले बंगलादेशका गौरव सिंह र मंगल सिंहको जोडीलाई २१–१५, २१–१६ ले पाखा लगाउंदै विजयी भएका हुन्।
_x000D_
_x000D_
अब उपाधिका लागि नेपालले भारतको सामना गर्ने भएको छ। यसअघि नेपालले माल्दिभ्सलाई ४–१ ले पराजित गर्दै समूह बिको विजेता हुदै बंगलादेशको सामना गरेको थियो। नेपाल यस स्पर्धामा अघिल्लो संस्करणको उप–विजेता टिम हो।
_x000D_
_x000D_
यस्तै अर्को सेमिफाईनलमा भारतले श्रीलङ्कालाई ३ – ० ले नै पराजित गर्दै फाईनलमा नेपालको सामना गर्ने भएको हो। भारतले पुरुष एकलमा प्रियान्सु रजावतले श्रीलङ्काका रन्थुस्का सासिन्धुलाई २३ – २५, २१–१२ र २१–१७ ले हराए । यस्तै महिला एकलमा भारतकी मालविका बंसोदले श्रीलङ्काकी दिल्मी दियासलाई २१–१२, २१–१४ ले तथा पुरुष युगलमा भारतका बिष्णुबर्दन गौड र ध्रुव रावतको जोडीले श्रीलङ्काका चामथ दियास र चिराथ ईलुपेरुमाचीको जोडीलाई १९–२१, २१–९ र २१–१० ले पराजित गर्दै फाईनल यात्रा तय गरेको हो। भारत अघिल्लो संस्करणको विजेता हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।