काठमाडौं- सरकारले चालू आर्थिक वर्ष भित्रै सबै स्थानीय तहमा ‘मोबाइल एप्लिकेसन’ संचालनमा ल्याउने घोषणा गरेको छ।
_x000D_
_x000D_
स्थानीय तहका नागरिकलाई प्रदान गरिने सबै सेवासहितको सूचना समावेश गरिएको मोबाइल एप्लिकेसन चालू आर्थिक वर्ष भित्र सबै स्थानीय तहमा संचालनमा ल्याउने संचार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगतको सूचना प्रविधि विभागले जानकारी गराएको हो।
_x000D_
_x000D_
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले स्थानीय तहमार्फत् नागरिकलाई प्रदान गरिने सेवाको सूचना समावेश गरिएको सो मोवाईल एप्लिकेशन चालू आर्थिक वर्ष भित्र ७ सय ५३ वटै स्थानीय तहमा संचालन गर्ने गरी कामलाई अघि बढाइएको जानकारी दिए। विभागले हालसम्म सय वटा स्थानीय तहमा मोबाइल एप्लिकेसन संचालन गरेको छ।
_x000D_
_x000D_
गत श्रावण १८ गते प्रधानमन्त्री केपी ओलीले सो सेवाको शुभारम्भ गरेका थिए।
_x000D_
_x000D_
सरकारले स्थानीय तहको सेवाबारे नागरिकलाई जानकारी दिन र त्यहाँ सुशासन सुनिश्चित गराउने उद्देश्यले उक्त सेवा संचालनमा ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।