• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

क्यान नहुँदा खेलाडी, प्रशिक्षक र अम्पायरलाई मार, स्वतन्त्र समितिले निकाल्ला निकास?

64x64
नेपाल लाइभ बुधबार, मंसिर १२, २०७५  १३:५७
1140x725

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा पर्दा खेलाडी, प्रशिक्षक र अम्पायरलाई प्रत्यक्ष मार परेको छ। खेलाडी राष्ट्रिय टिमसम्म आउनका लागि बैधानिक प्रक्रिया निर्माण हुन सकेको छैन भने प्रशिक्षक र अम्पायरले अवसर पाउन छाडेका छन्।

_x000D_ _x000D_

हाल राष्ट्रिय खेलकुद परिषद अन्तर्गत ११ जना प्रशिक्षक रहेका छन्। तर राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा बाहेक अन्य प्रशिक्षकले जिम्मेवारी पाउन सकेका छैनन्।

_x000D_ _x000D_

'जबदेखि क्यान निलम्बनमा पर्‍यो एक दुई जना प्रशिक्षक बाहेकले काम पाएका छैनन्। अपडेट हुन र नयाँ कुरा सिक्ने मौका गुमाएका छन्' प्रशिक्षक दीपेन्द्रप्रताप सिंह भन्छन्, 'यो कुरा गुनासो गर्ने ठाँउ पनि छैन।'

_x000D_ _x000D_

उनले अनुभवी प्रशिक्षकहरुलाई घरेलु प्रतियोगितामा पनि बेवास्ता गरिएको गुनासो गरे। 'क्रिकेट संघ चाडो बनेन भने हामीले पाएको एकदिवसीय स्टाटसलाई समेत जोगाउन गाह्रो हुन्छ,' उनले भने,'क्रिकेट संघ बनेर सिस्टम बलियो बन्नु पर्छ भन्ने मेरो मान्यता छ। जसले गर्दा नेपाल भरिका प्रशिक्षकले काम गर्ने मौका पाउछन्। राम्रा खेलाडी उप्पादन गर्न सकिन्छ।'

_x000D_ _x000D_

क्रिकेट संघ नहुँदा प्रशिक्षकको मूल्याङ्कन हुन नसकेको सिंहको भनाइ छ। 'काम गरिरहेका प्रशिक्षकको विश्लेषण र मूल्याङ्कन कसले गर्ने?,' सिंहले प्रश्न गरे। 

_x000D_ _x000D_

अम्पायरका पनि समस्या उस्तै छन्। नेपालमा २ दर्जन अम्पायर भएपनि ३ जनाले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउने मौका पाएका छन्। बुद्धि प्रधान, देवेन्द्र सुवेदी र विनय झा अन्तर्राष्ट्रिय अवसर  पाउने अम्पायर हुन्।

_x000D_ _x000D_

क्यान निलम्बन भएपछि अम्पायरका लागि आइसिसी र एसिसीका कुनै तालिम हुन सकेको छैन। जसले गर्दा क्रिकेटको प्राविधिक जनशक्तिको अवस्था दयनीय रहेको अन्तर्राष्ट्रिय अम्पायर संजय गुरुङ बताउँछन्।

_x000D_ _x000D_

'क्यान हुँदा देश तथा विदेश हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा अवसर पाउथे। विदेश जान नपाए पनि देशमा अवसर पाएका थिए,' अन्तर्राष्ट्रिय अम्पायर गुरुङ भन्छन्,'अहिले अन्तर्राष्ट्रिय अनुभव त छाडौं। यहि नेपालमै गरिरहेको कामको रिपोर्ट पठाउने निकाय पनि छैन।'

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

गुरुङले कतिपय अम्पायरहरु पलायनको स्थितिमा रहेको पनि बताए। 'नयाँ अम्पायरको पनि उत्पादन हुन सकेको छैन। नयाँ नयाँ नियम र प्रविधि सिक्ने अवसरबाट अम्पायर बन्चित भएका छन्,' उनले गुनासो गरे। 

_x000D_ _x000D_

क्यान हुँदा वर्षमा एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता हुने गरेको हुँदा अम्पायरहरुले अवसर पाएको उनको भनाइ छ। 'क्षेत्रीय र राष्ट्रिय प्रतियोगितामा राम्रो गर्ने अम्पायरले अन्तर्राष्ट्रिय प्रतियोगितामा मौका पाउथे। जसले गर्दा उनीहरुको हौसला बढ्थ्यो,' गुरुङले भने,'तर आधिकारिक निकाय नहुँदा ठूलो मर्का परेको छ।' 

_x000D_ _x000D_


_x000D_ क्यान निलम्बन हुँदा क्रिकेट विकास ठप्प  
_x000D_ २०७३ बैशाखमा आइसिसीले अन्तरिक विवाद र सरकारी हस्तक्षेत्र भन्दै क्यानलाई निलम्बन गरेको थियो। त्यसपछि आइसिसीले नै नेपाली क्रिकेटको व्यवस्थापन हेर्दै आएको छ।

_x000D_ _x000D_

निलम्बनपछि आइसिसीले विवाद समाधानका लागि सल्लाहकार समूह गठन गरेको थियो। सल्लाहकार समूहमा निर्वाचित क्यानसहित सरोकारवाला व्यक्ति सदस्य दिए। समितिले क्यानको नयाँ विधान बनाएको थियो। सो विधानलाई निर्वाचित क्यानले पहिला परिमार्जित सहित पारित गरेको थियो। तर आइसिसीले हुबहु पारित गर्नु पर्ने भनेपछि गत वैशाखमा हुबहु पारित भएको थियो। 

Xtrem

Xtrem
_x000D_ _x000D_

नयाँ विधानअनुसार गठन भएको पाँच सदस्यीय मोनिटरीङ समितिले जिल्ला क्रिकेट संघको निर्वाचनको अध्ययन गरेको थियो। अब स्वतन्त्र समितिको निर्णयपछि सम्पन्न हुने प्रदेश र केन्द्रको निर्वाचनसँगै आईसीसीले क्यान माथिको निलम्बन फुकुवा हुने विश्वास गरिएको छ। तर निलम्बन कहिले फुकुवा हुन्छ त्यो अहिले नै भन्न सकिने अवस्था छैन। 

_x000D_ _x000D_

'क्यान नहुँदा नेपाली क्रिकेटलाई धेरै असर गरेको छ। क्यान भएको भए सबैले काम पाउथे। प्रशिक्षकहरु पनि अपडेट हुन्थे। नयाँ प्रशिक्षक पनि आउथे, उनीहरुलाई पनि काम र जिम्मेवारी आउथ्यो,' नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान तथा सल्लाहकार समूहमा रहेर विधान बनाएका पवन अग्रवालले नेपाल लाइभसँग भने। 

_x000D_ _x000D_

क्यान नहुँदा भइरहेका अम्पायरले काम चलाउनु पर्ने स्थिति रहेको उनको भनाइ छ। 'केहि अम्पायरले आइसिसीको प्रतियोगितामा खेलाइरहनु भएको छ। तर नयाँ अम्पायर आउन सकेका छैनन्,' उनी भन्छन्। 

_x000D_ _x000D_

खेलाडी उत्पादनमा पनि असर परेको उनको भनाइ छ। 'खेलाडीको पनि ५०-१०० जतिको सीमित समूह छ। घरेलु क्रिकेट हुँदैन भने खेलाडी बृद्धि हुँदैन,' उनले भने, 'खेलाडी, प्रशिक्षक, अम्पायर र पूर्वाधार 'पार्ट अफ क्रिकेट' हो। समग्रमा क्रिकेटलाई धेरै नराम्रो भइरहेको छ।' 

_x000D_ _x000D_


_x000D_ क्रिकेट निकासको अन्तिम अवसर
_x000D_ गत साता एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले आफ्नो साधारणसभामा निर्वाचित नेपाल क्रिकेट संघ (क्यान) लाई सहभागी गराएसँगै नेपाली क्रिकेटमा देखिएको अन्योल अन्त्य हुने सकारात्मक संकेत देखिएको छ।

_x000D_ _x000D_

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट निलम्बनकै अवस्थामा निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले एसिसीको साधारणसभामा भाग लिएका थिए। पाकिस्तानमा भएको साधारणसभामा प्याकुरेलले क्यान निलम्बन र पछिल्ला घटनाक्रमको जानकारी दिएका थिए। साधारणसभामा आइसिसीका पदाधिकारी समेतको उपस्थित रहेकाले नेपाली क्रिकेटको अन्योल हटाउन आइसिसीले छिट्टै कदम चाल्ने प्याकुरेलले नेपाल लाइभलाई बताएका थिए।जसको प्रभाव स्वरुप आइसिसीका प्रतिनिधि काठमाडौं आउने भएका छन्।

_x000D_ _x000D_

आइसिसीले गठन गरेको स्वतन्त्र समितिको बैठकका लागि आइसिसीका प्रतिनिधि काठमाडौं आउन लागेका हुन्। स्वतन्त्र समितिको बैठक आगामी मंसिर २१, २२ र २३ गतेका लागि तय भएको छ। स्वतन्त्र समितिमा आइसिसीका अमर शेख, नितिश कोथारी र मोहमद अली छन्। यस्तै राष्ट्रिय खेलकुद परिषद्को तर्फबाट एलबी क्षेत्री र निर्वाचित क्यानको तर्फबाट ठाकुरप्रताप थापा सदस्य छन्। 

_x000D_ _x000D_

समितिका सदस्य क्षेत्रीले आइसिसीको प्रतिनिधि काठमाडौं आउने पुष्टी गर्दै भने,'डिसेम्बरको पहिलो साता बैठक बस्ने भएको छ।'  उनले बैठकमा मुख्य गरी २ विषयमा छलफल हुने बताए। 'निलम्बित क्यानले मुद्दा फिर्ताका लागि अघि बढाएको प्रक्रिया र जिल्लाको विषयमा आइसिसीमा पठाइएको प्रतिवेदनको विषयमा छलफल हुनेछ,' उनले भने,'यी विषयमा छलफलपछि कसरी अघि बढ्ने विषयमा निर्णय हुनेछ।'

_x000D_ _x000D_

यसअघि जिल्ला क्रिकेट संघमा दिइएको सदस्यता र निर्वाचनको विषयमा समितिका कानुनी सल्लाहकारले अध्ययन गरी आइसिसीमा प्रतिवेदन बुझाएका थिए। प्रतिवेदनलाई आइसिसीले अध्ययन गरेको थियो।

_x000D_ _x000D_

'क्रिकेट संघको संगठनीक संरचनालाई पुनर्जन्म दिनका लागि हामीले एउटा निकास खोजेका छौं। जुँगाको लगाइँ कसैले गरेन भने क्रिकेटले निकास पाउछ,'  क्षेत्रीले भने,'बैठकमा म सकारात्मक तरिकाले प्रस्तुत हुन्छु। क्रिकेटले निकास खोजेको छ। निकास दिनका लागि मेरो भूमिका रहन्छ। यस्तो सोच सबैमा भएमा निकास निस्कन्छ।'

_x000D_ _x000D_

तस्बिर सौजन्य : बाह्रखरी डटकम

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०७५  १३:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
२ करोड ५१ लाख बराबरको गहनासहित इला पटेल पक्राउ, थप अनुसन्धान हुँदै
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था?
राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
२ करोड ५१ लाख बराबरको गहनासहित इला पटेल पक्राउ, थप अनुसन्धान हुँदै बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश बिहीबार, असोज १५, २०८३
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज बिहीबार, असोज १५, २०८३
एआई अनुवाद सुविधासहितको हनर च्वाइस टी१० नेपालमा सार्वजनिक, मूल्य १६ हजार ४९९ रुपैयाँदेखि सुरु बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्