काठमाडौं– जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो अंक जोडेको छ। जावलाखेलले बुधबार भएको चौथो चरणको अन्तिम खेलमा फ्रेण्ड्स क्लबसँग बराबरी खेल्दै पहिलो अंक जोडेको हो।
_x000D_
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा जवालाखेल र फ्रेण्ड्सले ३–३ गोलकोबराबरी खेलेका हुन् । प्रतिष्पर्धात्मक खेलमा शुरुआती अग्रता खेलको २६मिनेटमा विकासको गोलमार्फत फ्रेन्ड्सले लिएको थियो। तर पहिलो हाफको इन्जुरी समयमा जावलाखेलका अरुजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
_x000D_
_x000D_
४७ मिनेटमा विदेशी खेलाडी फोफानाले गोल गर्दै जावलाखेललाई २–१ को अग्रता दिलाए। ५२ मिनेटमा सुमन डंगोलले गोल गर्दै जावलाखेललाई ३–१ स्थितिमा ल्याए । तर फ्रेन्ड्सका ब्राहिमानले ६८ मिनेटमा गोल गर्दै खेल ३–२ मा ल्याए । ८२ मिनेटमा फ्रेन्ड्सका धिरजले गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याएका थिए।
_x000D_
_x000D_
जावलाखेल लिगको १२औं र फ्रेण्ड्स १३औँ स्थानमा छन् । योसँगै चौथो चरणका खेलहरू सकिएका छन् । पाँचौ चरणका खेल मङ्सिर १४ गतेदेखि हुने छ।
_x000D_
_x000D_
मनाङ् लिगको शीर्ष स्थानमा
_x000D_
_x000D_
चौथो चरणका खेलहरु समाप्त हँदासम्म जारी लिगमा शतप्रतिशत नजिता निकाल्दै मनाङ मस्र्याङ्दी क्लब लिगको शीर्ष स्थानमा छ । मनाङले लिग खेलको चारैवटा खेल जित्दै १२ अंक जोडेको
_x000D_
तीन खेलमा जित तथा एकमा बराबरी नतिजासहित त्रिभुवन आर्मी क्लब १० अङ्कसहित अङ्कतालिकाको दोस्रो स्थानमा छ । सोही नतिजा निकालेको हिमालयन शेर्पा पनि १० अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ।
_x000D_
_x000D_

_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।