विराटनगर– आमादबलम हिमाल आरोहणका क्रममा बुधबार एक विदेशी नागरिकको मृत्यु भएको छ।
_x000D_
_x000D_
सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–४ स्थित हिमाल आरोहण गरी फर्कने क्रममा अमेरिकी नागरिक ४७ वर्षीय स्टेभनभिक्टर बिमको मृत्यु भएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
काठमाडौंस्थित गाइड्स नेपाल ट्रेक एन्ड एक्सपिडिसन प्राइभेट लिमिटेडमार्फत हिमाल आरोहणका लागि गएका १४ जनामध्ये स्टेभनको मृत्यु भएको हो।
_x000D_
_x000D_
आरोहणबाट फर्कने क्रममा मंगलबार अचानक बिरामी परेका उनको भोलिपल्ट बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
_x000D_
_x000D_
शवलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।