काठमाडौं- संघीय संसदको हिउँदे अधिवेशन पुस पहिलो साताबाट सुरु हुने भएको छ।
_x000D_
_x000D_
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसदको हिउँदे अधिवेशन पुुस पहिलो साताबाट सूरु हुने जानकारी दिएका हुन्।
_x000D_
_x000D_
बुधबार राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै अध्यक्ष तिमिल्सिनाले भने, 'नेपाली काँग्रेसको महासमिति बैठक पनि परेकाले पुसको पहिलो हप्ताअघि संसदको हिउँदे अधिवेशन बोलाउने अवस्था छैन।'
_x000D_
_x000D_
संसदको हिउँदे अधिवेशनमा संविधानसँग बाँझिएका सबै कानुन संशोधन गर्ने सरकारको तयारी छ ।
_x000D_
_x000D_
अध्यक्ष तिमिल्सिनाले संसदीय समितिहरुलाई ठोस कार्ययोजना बनाएर सरकारको काम, कार्वाहीको अनुगमन गर्ने काममा तीव्रता दिन पनि सचेत गराए। समितिको काम प्रभावकारी बनाउन समयसीमा नै तोकेर अनुगमनको योजना तय गर्नुपर्ने पनि उनले स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।