सुर्खेत- बुधबार बिहान दैलेखमा जीप दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ।
_x000D_
_x000D_
सुर्खेतबाट दैलेखको ठाँटीकाँध गाउँपालिकाको वहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो।
_x000D_
_x000D_
दैलेख प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा ठाँटीकाँध गाउँपालिका १ का ३० वर्षीया निर्मल बम, वडा नं ३ का ४० वर्षीय राजेन्द्रबहादुर शाही, वडा नं ४ की रत्ना शाही, वडा नं ३ का २६ वर्षीय दिलीप शाही र सोही गाउँपालिका वडा नं १ का समशेर पुन र जीप चालक रमेश शाही रहेका छन्।
_x000D_
_x000D_
जीप सडकदेखि करिब ५० मिटर तल खसेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।