काठमाडौं– हिमालयन शेर्पा क्लब सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको तेस्रो स्थानमा उक्लिएको छ। हिमालयन शेर्पा क्लबले बुधबार भएको खेलमा मछिन्द्र क्लबलाई पराजित गर्दै तेस्रो स्थान पुन: कब्जा जमाएको हो।
_x000D_
_x000D_
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा शेर्पाले मछिन्द्र क्लबलाई २–० गोलअन्तरले पराजित गर्यो।
_x000D_
_x000D_
हिमालय शेर्पाको जितमा आशिष गुरुङ र कर्ण लिम्बूले गोल गरे। २१ औँ मिनेटमा शेर्पाका आशिषले हेडमार्फत गोल गर्दै पहिलो अग्रता दिलाए।
_x000D_
_x000D_
खेलको पहिलो हाफसम्म १–० ले अगाडि रहेको हिमालयन शेर्पाले दोस्रो हाफमा एक गोल थप्यो । खेलको ८९ औँ मिनेटमा शेर्पाका कर्णले विजयी गोल गरे।
_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_
जितसँगै हिमालयन शेर्पा १० अङ्कका साथ अङ्कतालिकाको तेस्रो स्थानमा उक्लेको हो। लिगमा १२ अङ्क जोड्दै मनाङ मस्र्याङ्दी क्लब पहिलो स्थानमा छ। समान १० अङ्क नै जाडेको त्रिभुवन आर्मी क्लब गोलअन्तरको आधारमा दोस्रो स्थानमा छ। पराजित मछिन्द्र क्लबको दुई अङ्क छ ।
_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।