नुवाकोट, ककनी- कांग्रेस जिल्ला सभापतिहरुको भेला नुवाकोटको ककनीमा सुरू भएको छ।
_x000D_
_x000D_
बुधबार र बिहीबार हुने भेलाले जिल्ला सभापतिहरुका तर्फबाट विधान संशोधनको लागि साझा धारणा बनाउने छ।
_x000D_
_x000D_
छलफलको प्रारम्भमा विधान मस्यौदा समितिमा रहेका ललितपुर जिल्ला सभापति मदन अमात्य र रोल्पा सभापतिले विधानमा राखिएका प्रावधानबारे जानकारी गराउने तयारीमा छन्। त्यस लगत्तै जिल्ला सभापतिहरूले आवश्यक संशोधनका लागि सुझाव पेस गर्नेछन्।
_x000D_
_x000D_
विधानका लागि सबै जिल्ला सभापतिहरूले दफावार धारणा राख्ने नुवाकोटका जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले जानकारी दिए।
_x000D_
_x000D_

_x000D_
_x000D_
बुधबार सबैको धारणा सुनिसकेपछि बिहिबार आवश्यक सुझावसहित भेला सकिने उनले बताए। विधानमा सभापतिहरुका तर्फबाट समान धारणा ल्याउने बताएका उनले भने 'गुट-उपगुट हामी चिन्दैनौं। समान धारणासहित विधान संशोधनको लागि सुझाव दिन्छौं।'
_x000D_
_x000D_
विधानलाई लिएर असहमति हुने हो भने पार्टी एक भएर जान अप्ठयारो हुने तर्क उनले गरे।
_x000D_
_x000D_
केन्द्रीय समितिमा आएका फरक विचारको पनि सम्बोधन गर्ने गरी विधान संशोधन हुनुपर्ने उनले बताए। भेलामा प्रस्तावित विधानको प्रस्तावनादेखि नै छलफल हुनेछ।
_x000D_
_x000D_
ककनी स्थित न्यू हिमालय गेस्ट हाउसमा आयोजित भेलामा देशभरबाट चार दर्जन सभापति भेला भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।