काठमाडौं– धनकुटाकी वन्दना नेपाल सबैभन्दा बढी समयसम्म लगातार नृत्य गरी विश्व रेकर्ड राख्ने शिलशिलामा पाँचाैं दिनको नृत्य पुरा गरेकी छिन्। उनले एक सय २६ घन्टा लगातार नृत्य गरी विश्व रेकर्ड आफ्नो नाममा राख्नेछिन्। यसअघि भारतस्थित केरालाकी कला मण्डलम् हेमलथाले लगातार १ सय २३ घन्टा १६ मिनेट नृत्य गरेर विश्व रेकर्ड कायम गरेकी छिन्।
_x000D_
_x000D_
१७ वर्षीया नेपाल गत मंसिर ७ गते ९ बजेदेखि काठमाडौस्थित बिग फूडल्यान्डमा नृत्य गरिरहेकी छिन्। बन्दनाले बुधबार दिँउसाे १२ बजे सम्ममा यसअघिकाे रेकर्ड ब्रेक गरी सकेकी छन् भने बुधबारै ३ बजेसम्ममा उनकाे नृत्य पूरा हुने वन्दना नेपाल फाउन्डेसनले जानकारी दिएको छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
बाल्यकालदेखि नै नृत्य गर्न रुचाउने वन्दनाले भारतमा समेत नृत्य प्रशिक्षण लिई सकेकी छिन्। हाल चेल्सी इन्टरनेसनल कलेजमा प्लस टु अध्ययनरत नेपाल नेपाली कला–सँस्कृति विश्वसामु चिनाउन वन्दनाले सबैभन्दा लामो समयसम्म नृत्य गरेर विश्व रेकर्ड राख्ने चाहेको वन्दना नेपाल फाउन्डेसनका संयोजक सन्तोष लामाले बताए।
_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_
_x000D_
_x000D_

_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।