विराटनगर– भारतबाट ल्याइने ट्याङ्करबाट डिजेल चोरी गर्ने ट्याङकर चालकलाई नेपाल आयल निगम विराटनगरले कारबाही गरेको छ।
_x000D_
_x000D_
भारतको बरौनीबाट सुखदेव सिंहको ५९६५ नं को ट्याङ्कर चलाउने चालक धमेन्द्र स्वर्णकारले बाटोमै २ हजार ४ सय ८४ लिटर डिजेल चोरी गरी बिक्री गरेको विराटनगर निगमका प्रमुख दिनेशकुकार यादवले जानकारी दिए।
_x000D_
_x000D_
ट्याङ्करमा तेल जाँच गर्ने क्रममा परिमाण कम देखिएपछि छानबिन गर्दा चालकले तेल चोरेर बिक्री गरेको देखिएको थियो।
_x000D_
_x000D_
निगमको केन्द्रीय कार्यालयबाट आएको टोलीले ट्याङ्करका चालकले ट्याङ्करमा लगाइएको ताला बिगारेर तेल चोरी गरेको देखिएको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।