काठमाडाैं– गुल्मी हुगाबाम पोखराकी मिर्गौलापीडित १३ वर्षीया बालिका बन्दना भण्डारीलाई २ लाख ८ हजार ५ सय आर्थिक सहायता प्रदान गरिएको छ।
_x000D_
_x000D_
गुल्मी घर भई वैदेशिक रोजगारको सिलसिलामा दुबईमा रहेका खिम केसी र कुँवर लईटेलले जुटाएको आर्थिक सहायता मृर्गौला पीडित बालिका भण्डारीलाई बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले हस्तान्तरण गरे।
_x000D_
_x000D_
दुवै मिर्गौला फेल भई काठमाडौंमा उपचार गराइरहेकी बालिका भण्डारीलाई प्रदान गरिएको सो सहायता रकम संकलनमा प्रदेश ५ को पत्रकार समाजले पनि संयोजन गरेको थियो।
_x000D_
_x000D_
कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले जटिल रोगको उपचारमा सहजता ल्याउन सरकारले पनि ‘सर्वव्यापी स्वास्थ्य विमा’को व्यवस्था गरेको स्मरण बताए।
_x000D_
_x000D_
उनले नागरिकहरूको अकालमा ज्यान नजाओस् भनेर सरकारले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य सेवा ऐनको समेत व्यवस्था गर्न लागिरहेको मन्त्री ज्ञवालीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।