दाङ– दाङकाे घोराहीमा रहेकाे कृतिम जलाशयमा डुबेर वेपत्ता भएका लक्ष्मण डिसीको शव भेटिएको छ। आइतबार वेपत्ता भएका डिसीको शव बुधबार बिहान ८ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
_x000D_
_x000D_
तलाउको पानी पूर्णरुपमा सुकाएपछि शव फेला परेको हो। डिसी आइतबार साथीहरूसँग नजिकैको मैदानमा क्रिकेट खेल्न गएको थिए। सोही क्रममा पौडी खेल्न उनी तलाउमा पसेका थिए।
_x000D_
_x000D_
उनको शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको छ।
_x000D_
_x000D_
डिसीको शव खोज्नको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, गोताखोरको टोली, स्थानीय प्रशासन, घोराही उपमहानगरपालिका, स्थानीय लागेका थिए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।