एथेन्स– युरोपियन च्याम्पियन्स लिगअन्तर्गत ग्रिक क्लब एइके एथेन्स र डच क्लब अजाक्सबीचको खेलमा समर्थकले रंगशालामै पेट्रोल बम प्रहार गरेका छन्।
_x000D_
_x000D_
एथेन्सका समर्थकले आफ्नो घरेलु मैदानमा खेल हेर्न आएका डच समर्थकलाई लक्षित गर्दै बम प्रहार गरेका थिए। बम प्रहारबाट अजाक्स केहि समर्थक घाइते भएका थिए। डच समर्थक बसेको स्थानमा बम प्रहार भएपछि केहि समर्थक रक्ताम्मे भएका थिए। आफूहरुमाथि फालिएको बम अजाक्सका समर्थकले एथेक्सका समर्थकतर्फ उल्टो फालेपछि स्थिति तनावग्रस्त भएको थियो।
_x000D_
_x000D_
खेलमा अजाक्सका डिफेन्डर माथिज्स डेले आफ्ना समर्थकतिर जादै शान्त हुन आग्रह गरेका थिए।
_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
_x000D_
खेलको दोस्रो हाफको सुरुवातमा 'फायरक्र्याक' प्रहार हुँदा खेललाई समेत असर गरेको थियो। जसले एथेन्स ओलम्पिक रंगशालामा दुवै क्लबका खेलाडीहरु आँखा मिच्दै गरेको देखिएको थियो।
_x000D_
_x000D_
खेलमा अजाक्सले एथेन्सलाई २–० गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको थियो। अजाक्स सन् २००५ पछि पहिलो पटक अन्तिम १६ मा प्रवेश गरेको हो।
_x000D_
_x000D_
खेलमा एथेन्सका मार्को लभिजा दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए। समूह 'इ'मा एथेन्सले सबै ५ खेल गुमाउदा अंक जोड्न नसक्दा समूह चरणबाटै बाहिरियो।
_x000D_
_x000D_

_x000D_
_x000D_

_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।