काठमाडाैं– नेपाली कांग्रेसको जिल्ला सभापतिहरूको दुई दिने भेला नुवाकोटको ककनीमा आजबाट सुरु हुँदैछ।
_x000D_
_x000D_
आसन्न महासमिति बैठकमा पेस हुने विधानमा समान धारणा बनाउन भेला आयोजना गरिएको नुवाकोटका कांग्रेस जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले जानकारी गराए।
_x000D_
_x000D_
भेलामा सबै जिल्ला सभापतिहरूको राय संकलन गरिने उनले बताए। भेलाले जिल्ला सभापतिहरूको क्षेत्राधिकार बढाउनु पर्ने नीति तय गर्ने केसीले बताए।
_x000D_
_x000D_
विधान मस्यौदा समितिमा आएका फरक मतलाई सम्बोधन गरी सर्वसहमतिले विधान ल्याउन भेलाले सुझाव दिने उनले बताए।
_x000D_
_x000D_
मस्यौदा समितिले देशभर संकलन गरेको सुझाव विधानमा समावेश भए/नभएको पनि छलफल हुने उनले जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।